‘रोनााल्डोले क्लब छाडेसँगै रियलको युग समाप्त’ « Khabarhub

‘रोनााल्डोले क्लब छाडेसँगै रियलको युग समाप्त’


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपियन च्याम्पियनका रुपमा रहेको रियल मड्रिडको दबदबा १ हजार ११ दिनपछि समाप्त भएको छ । मंगलबार राति भएको खेलमा अजाक्ससँग पराजित भएसँगै रियलको यो सिजनको आगामी यात्रा समाप्त भएको हो । रियलले यो सिजनमा चमात्कार देखाउन नसक्नुलाई रोनाल्डोले क्लब छाड्नुको परिणामका रुपमा हेरिएको छ ।

सन् २०१५ यता लगातार च्याम्पियन्सलिगमा ह्याट्रिक ट्रफी उचालेको रियललाई पराजित गर्दै अजाक्स क्वार्टरफाइनलमा स्थान बनाएको हो । रियलको कमजोर प्रदर्शनलाई कतिपयले रोनाल्डोको युभेन्ट्स यात्रासँग पनि जोड्ने गरेका छन् । उनीहरुले रोनाल्डो रियलमा हुँदा अन्य टिमभन्दा २५—३० गोलको अग्रता हुनुलाई सामान्य रहेको बताउँदै अहिले त्यति गोल गर्न रियललाई कठिन भइरहेको बताएका छन् ।

२०१५ पछि पहिलो पटक रियललाई च्याम्पियन्स लिगमा रहिरहन संघर्ष गर्दागर्दै पनि नकआउट चरणबाट बाहिरिएको छ । त्यसोत, रियलले २०१५ यता इतिहासकै सम्झनलाययक किर्तिमानी ह्याट्रिक जीत समेत हासिल गरेको थियो । रियलले २०१५—०१६ मा रियलले खेलेका ४७ खेलमा ३२ जीतेको थियो भने ८ खेल बराबरी खेल्दा ७ खेल गुमाएको थियो ।

२०१० यताका हरेक सिजनमा कम्तिमा पनि सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको रियल पहिलो पटक अजाक्ससँग पराजित हुँदै बाहिरिएको छ । २०१० मा विश्व चर्चीत खेलाडी क्रिस्क्रियानो रोनाल्डनोको पहिलो सिजन चलिरहँदा रियल लियोनसँग पराजित भएो थियो ।
बीबीसीले रोनाल्डोले क्लब छाडेपछि उनले विगतमा गर्ने गरेका गोल रियलमा कसैले पनि गर्न नसक्नु नै क्लबका लागि मुख्य समस्या भएको समेत उल्लेख गरेको छ ।

बीबीसीसँगको कुराकानीमा म्यानचेस्टर युनाइटेडका तथा रियल सोरियाडका पूर्व प्रशिक्षक डेभिड मोयाजले रियल परिवर्तन भएको र परिवर्तन भएसँगै रियलको युग पनि समाप्त भएको बताएका छन् ।

“क्रिस्टीयानो रोनाल्डोले गएको समरमा क्लब छाडेपछि रियलमा उनको स्थान लुका मोड्रिकले लिन सक्छन् । हुनसक्छ, टोनी क्रुसको स्थान कप्तान सर्जियो रामोसले लिनेसक्छन् । यो मेरालागि आश्चर्य होइन । यति मात्रै होइन अर्को सिजनमा क्लबको फर्मेसन नै परिवर्तन गर्न सक्छ,” म्यानचेस्टर युनाइटेडका तथा रियल सोरियाडका पूर्व प्रशिक्षक डेभिड मोयाजले बताएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : ४० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार