पूर्वी अफगानिस्तानमा आत्मघाती आक्रमण, १६ जनाको मृत्यु « Khabarhub

पूर्वी अफगानिस्तानमा आत्मघाती आक्रमण, १६ जनाको मृत्यु


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी अफगानिस्तानको ननगरहार प्रान्तको राजधानी जलालाबादमा भएको आक्रमणमा १६ जनाको ज्यान गएको छ ।
जलालाबाद शहरमा रहेको विमानस्थल नजिकैको निर्माणधीन कम्पनीलाई लक्षित गरी भएको आक्रमणमा अरु १० जना घाइते भएको प्रान्तीय गर्भनरका प्रवक्ता आतायोल्लाह खोग्यानीले जनाएका छन् ।

निर्माणाधीन कम्पनीमा दुई आत्मघाती बम आक्रमणकारीले हमला गरेको बताइएको छ । आत्मघाती बम आक्रमणपछि अफगान सुरक्षा बल तथा बन्दुकधारी लडाकुबीच गोली हानाहान समेत भएको जनाइएको छ ।

आक्रमणमा मारिनेमा अधिकांश निर्माणाधीन कम्पनीमा काम गर्ने मजदुर छन् । सुरक्षा बलको जवाफी कारवाहीमा सबै आक्रमणकारी मारिएकाले हाल त्यस क्षेत्रको अवस्था शान्ति रहेको अफगान सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : ५१ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी