इस्लामिक स्टेट नियन्त्रित भूभागबाट हजारौँ बाहिरिए « Khabarhub

इस्लामिक स्टेट नियन्त्रित भूभागबाट हजारौँ बाहिरिए


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेको क्षेत्रबाट हजारौँ मानिसहरु बाहिरिएका छन् ।

अमेरिका समर्थित कुर्दिस लडाकुको नेतृत्वमा रहेको फौजले डिएर एजजोर प्रान्तको बघुज शहरमा इस्लामिक स्टेटको नियन्त्रणमा रहेको क्षेत्रमा सैनिक कारवाही गरिरहेका बेला त्यहाँबाट मंगलबार र बुधबार गरी सयौँ इस्लामिक स्टेटका लडाकु सहित ६ हजार ५ सयभन्दा धेरै मानिसहरु बाहिरिएका हुन् ।

इस्लामिक स्टेटविरुद्ध लडिरहेका एसडीएफ फौजका कमाण्डरका अनुसार मानिसहरु सुरक्षित साथ बाहिरिउन् भन्नाका लागि सैनिक कारवाहीलाई सुस्त पारिएको छ ।

यद्यपि इस्लामिक स्टेट नियन्त्रित भूभागमा अझै कति लडाकु छन् भन्ने स्पष्ट नभइसकेको बताइएको छ । बघुज शहर आसपास रहेको इस्लामिक स्टेटको नियन्त्रित क्षेत्र पूर्वी सिरियामा इस्लामिक स्टेटको अन्तिम गढ हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १० : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया