सागमा एथलेटिक्सको व्यवस्थापन प्रति विदेशी पाहुना असन्तुष्ट | Khabarhub Khabarhub

सागमा एथलेटिक्सको व्यवस्थापन प्रति विदेशी पाहुना असन्तुष्ट



काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)ले अहिले काठमाडौं, पोखरा र जनकपुर खेलमय भएका छन् ।

साग अन्तर्गत एथलेटिक्सका खेल काठमाडौंमा जारी छन् । दशरथ रंगशालाको ट्रयाक र नेपाली सेनाको हेडक्वाटरको मैदानमा एथलेटिक्सका खेल भइरहेका छन् ।

खेलकुदको राजाका रुपमा रहेको एथलेटिक्सका खेलहरुमा सर्वसाधारणको भने खासै माहोल देखिँदैन । तर, एथलेटिक्समा सवैसाधारणको भीड हुनु पर्ने थियो ।

त्यतिमात्रै होइन, एथलेटिक्स खेल्न आएका विदेशी खेलाडी, प्रशिक्षक र अफिसियल रंगशालामा बिहान खेलका क्रममा उपस्थित हुन्छन् । उनीहरु आफ्ना खेलाडीको खेल हेर्न मात्रै आएका हुँदैनन् विपक्षी टोलीका खेलाडीले कस्तो खेलिरहेका छन् भनेर पनि अवलोकन गर्न आउँछन् ।

यसैक्रममा सागका लागि नेपाल आएका विदेशी प्रतिनिधिहरु नेपाल एथलेटिक्स संघको व्यवस्थापनमा खुसी छैनन्।

उनीहरुले नेपाली राम्रा भएको प्रतिक्रिया दिए पनि सागका आयोजकलले गरेको व्यवस्थापनमा प्रश्न उठाएका छन्।

श्रीलंकाको एथलेटिक्स टिमको ‘एड्भाइजर’ का रुपमा पहिलो पटक काठमाडौं आएकी ओलम्पियन खेलाडी सुशान्तिकाले एथलेटिक्सको व्यवस्थापन ‘पुअर’ भएको बताइन् ।

उनले नेपाल र नेपाली खेलप्रेमीलाई राम्रो भनिरहँदा संघको व्यवस्थापनको पार्टो भने निकै कमजोर भएको बताइन् ।

उनले खेलाडी, प्रशिक्षक र अफिसियल बस्ने होटलदेखि खेलस्थलसम्मको व्यवस्थापनमा प्रश्न उठाइन् ।

‘प्राकृतिक रुपमा देश सुन्दर छ । यहाँका ‘पब्लिक’ पनि राम्रा छन् । तर, यहाँको सुविधामा म सन्तुष्ट हुन सकेको छैन् । होटल, खानेकुरा कुनै पनि कुरामा व्यवस्थापन राम्रो छैन,’ ओलम्पियन सुशान्तिकाले भनिन्, ‘यस्तो किन हो मलाई थाहा छैन, हुनसक्छ यीनीहरुले बुझेका छैनन् ।’

तर, सुशान्तिकाले सागको ‘ओपनिङ सेरोमोनि’ राम्रो भएको थियो । उनले् श्रीलंकाली टोली ४ दिन अगाडि काठमाडौं आएको बताइन् ।

तर, खेलाडीहरुले अभ्यास गर्ने ठाउँ नपाउँदा उनी नेपाली व्यवस्थापन माथि प्रश्न उठाएकी छन् । ‘ज्यावलिङका खेलाडीले अभ्यास गर्न पाएका छैनन् । ४ दिन अगाडि हामी आइपुगेका थियौं । तर, उनीहरुले अभ्यास गर्ने ठाउँ पाएनन् । मात्रै वामअप गरिरहेका छन्,’ सुशान्तिकाले भनिन् ।

श्रीलंकाको एथलेटिक्स टिमकी ‘एड्भाइजर’ सुशान्तिका ।

श्रीलंकाको एथलेटिक्स टिमको ‘एड्भाइजर’ रहेकी उनले नेपालमा आफ्ना खेलाडीले भोग्नु परेको समस्या निकै दुखी बनाएको बताइन् । उनले यहाँको आयोजकमा एकरुपता नरहेको बताइन् ।

उनले एथलेटिक्समा कोही बुझ्ने मान्छे छन् भने कोही कत्ति पनि नजानेका रहेको पनि सुनाइन ।

सागमा नेपालले अहिले राम्रो सफलता पाएको भन्दै सुशान्तिकाले मैदानमा कुनै पनि खालको सुविधा केही पनि दिन नसकेको बताए ।

सुशान्तिकाको आरोपलाई नेपाल एथलेटिक्स संघका माथिल्लो तहका एक पदाधीकारीले पुष्टि गरेका छन् । उनले व्यवस्थापनमा नेपाल चुकेको स्वीकारेका छन् ।

‘सागको व्यवस्थापनमा हामी चुकेकै हो। यसमा हामीले स्वीकार्नु पर्छ,’ नाम नबताउने शर्तमा उनले भने, ‘अहिले नेपालले बनाएको टेक्निकल डाइरेक्टरले सहि तरिकाले काम गर्न नसक्दा समस्या भएको हो ।’

अहिले एथलेटिक्सको टेक्निकल डाइरेक्टरमा खडग रानाभाट छन् । तर, उनले टेक्निकल कुराहरु सम्हाल्न नसक्दा अहिले विभिन्न किसिमका समस्या भएको स्रोत बताउँछ ।

बिहीबार बिहान डाइरेक्टर रानाभाट ट्याकमा देखिएका थिए । तर, उनले कहाँ के भइरहेको छ भन्ने सम्म थाहा पाउन सकेका थिएनन् । उनी घरी यता घरी उता गर्दै थिए । हातमा झोला बोकेका रानाभाट ११० मिटरको हडर्स र ४ सय मिटरको महिला पुरषको दौड हेर्न आइपुगेका थिए ।

रानाभाटले सही काम गर्न नसकेपछि नेपालले भारत र जापानका दुई जनालाई टेक्निकल डाइरेक्टरको जिम्मेवारी दिएको छ ।

रानाभाट एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक पनि हुन् । उनले प्राविधिक पक्षलाई सम्हालन सक्ने अनुमानका भरमा एथलेटिक्स संघले उनलाई टेक्निकल डाइरेक्टरको भूमिका दिएको स्रोतले बतायो ।

पूर्व प्रशिक्षकभन्दा पनि रानाभाट सागको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटका भाइ हुन् ।

तर, खडग रानाभाट कुनै स्वर्सफोर्सबाट नआई उनी एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक र रेफ्रि तालिम लिएका कारण टेक्निकल डाइरेक्टरमा छानिएको एथलेटिक्सका सचिव आरके बिष्ट बताउँछन् ।

उनले काम गर्न नसकेर विदेशी प्राविधिक ल्याएको कुरामा बिष्ट असहमति राख्छन् । तर, खबरहब स्रोत रानाभाटले काम गर्न नसक्दा विदेशी प्राविधिक ल्याउनु परेको बताउँछ ।

भारतबाट एथलेटिक्सका लागि नयाँ प्रविधि ल्याएको संघले बताएको छ । स्रोतका अनुसार भारतबाट ल्याइएको उक्त प्रविधिले खेलाडी कति बेला दोडियोदेखि कहाँ कसरी रोकियो भन्ने सम्मको जानकारी राख्दछ।

‘एथलेटिक्स संघभित्रको एक पक्षबाहिर बाहिर बसेर खेल हेर्ने बाहेक काम गर्दैनन्,’ काम भएन भनेर गुनासो मात्रै गर्छन् ।

एथलेटिक्सको व्यवस्थापनबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि वास्ता नगरेको स्रोत बताउँछ । संघको व्यवस्थापनका लागि ३ लाखमात्रै दिएकोमा स्रोतले असन्तुटि जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ८ : १३ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको