‘नारायण गोपाल पेमला सुरमय गीत-गंगा’ भवन निर्माण हुने « Khabarhub

‘नारायण गोपाल पेमला सुरमय गीत-गंगा’ भवन निर्माण हुने


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल पेमला सुरमय गीत-गंगा’ भवन निर्माण हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने ‘नारायण गोपाल पेमला सुरमय गीत-गंगा’ भवनको बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिल्यान्यास गरेका छन् ।

करीब ६ करोडको लगानीमा बन्न लागेको सो भवनको शिल्यान्यास गर्दै मेयर शाक्यले आफू निर्वाचित भएर आएको वर्षदेखि नै स्वर सम्राट नारायणगोपालको सम्झनामा भवन निर्माण गर्ने इच्छा भए पनि प्रक्रियामा अघि बढ्दा केही ढिला भएको भन्दै भवनको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताए ।

‘हामीले यो आर्थिक वर्षका लागि ‘नारायण गोपाल पेमला सुरमय गीत-गंगा’ भवन निर्माणका लागि रु तीन करोड विनियोजन गरेका छौँ,’ मेयर शाक्यले भने, ‘तपाईँहरुले निर्धारित समयमै काम सम्पन्न गर्नुहोला आवश्यक रकम महानगर दिन तयार छ । बजेटको चिन्ता नलिनु होला । यहाँ व्यवस्थापन गर्ने र समयमा काम सम्पन्न गर्ने कुरामा लाग्नुहोला ।’

मेयर शाक्यले भवन निर्माणका लागि जति रकम लागे पनि महानगपालिका सहयोग गर्न तयार रहेको बताए ।

नयाँ भवनको स्केच

‘जताले मात्र होइन राज्यले समेत सम्मान गरेको व्यक्तिको सम्झनामा सहयोग गर्न पाउनु हाम्रा लागि ठूलो अवसर पनि हो,’ मेयर शाक्यले भने, ‘महानगरपालिका श्रष्टाहरुको सम्मानमा कुनै कन्जुस्याई गर्दैन । हामीले स्वर्गीय गायिका तारादेवीको नाममा अक्षयकोष स्थापनाका लागि १० लाख दिने घोषणा गरेका छौँ । त्यो पूरा गरेका छौँ ।’

मेयर शाक्यले धेरै बोल्ने थोरै गर्ने भन्दा पनि धेरै गर्ने थोरै बोल्ने भन्दै बोलेका काम पूरा गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नारायण गोपालका स्मृतिमा भवन बन्ने कुराले आफू उत्साहित भएको बताए।

काठमाडौँ महानगरपालिका वडा नम्बर तीन अध्यक्ष समेत रहेका नारायणगोपाल संगीत कोषका महासचिव दिपक केसीले पनि निकै ठूलो प्रयास पछि यो सम्भव भएको भन्दै खुशी व्यक्त गरे ।

यो भवनको पहिलो चरणमा तीन तला सम्पन्न हुने भन्दै केसीले एक तला भूमिगत सहित पाँच तला रहने बताए । ‘पहिलो चरणको काम हामी २०७७ असार १५ भित्रमा सम्पन्न गर्छौ,’ उनले भने, ‘यो पूरै सम्पन्न गर्दा करीब ६ करोड लाग्ने अनुमान गरेका छौँ ।’

प्रस्तावित भवनको भूमिगत तलामा चारओटा गाडीसहित मोटर साइकलको पार्किङ हुनेछ । पहिला तला संगित कक्षा र प्रशासन रहने छ भने दोस्रो तला संगित कक्षा र पुस्तकालय रहने छ । तेस्रो तलामा करीब ८० जनासम्म कार्यक्रम गर्न मिल्ने संयुक्त थियटर रहने छ । भवन अपाङ्गमैत्री हुनेछ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ८ : २६ बजे

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक