१५ शय्याको आयुर्वेद अस्पताल सञ्चालनमा | Khabarhub Khabarhub

१५ शय्याको आयुर्वेद अस्पताल सञ्चालनमा


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको सूर्योदय नगरपालिकामा १५ श्ययाको आयुर्वेद अस्पताल सञ्चालनमा आएको छ ।

प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको मातहतमा सो अस्पताल सञ्चालनमा आएको हो ।

सूर्योदय नगरपालिका–४, आइतबारेमा रहेको मेची अञ्चल आयुर्वेद औषधालय पहिलादेखि नै सञ्चालनमा आएको भए पनि स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल बनाइएको हो । मेची अञ्चल आयुर्वेद औषधालयको सेवा विस्तार गरी १५ श्ययाको बनाइएपछि आयुर्वेद अस्पताल बनेको हो ।

प्रदेश नं १ सरकारको पहलमा स्तरोन्नति तथा सेवा विस्तार गरी इलाम, झापा, पाँचथर र ताप्लेजुङमा सेवा दिँदै आएको औषधालयलाई अस्पतालको रूपमा सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख तथा आयुर्वेदविज्ञ तीर्थ आचार्यले बताए ।

अस्पतालमा अहिले पञ्चकर्म सेवा, सिरोधारा, स्थानिक बस्ती क्षार सूत्र, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, इमर्जेन्सी सेवा, सःशुल्क फार्मेसी सेवा, विशेषज्ञ चिकित्सक सेवा सञ्चालनमा ल्याइएको छ ।

सरकारी क्षेत्रबाटै सुविधासम्पन्न आयुर्वेद अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन् । विभिन्न जडीबुटीको प्रशोधनबाट औषधि निर्माण गरी उक्त औषधि र विभिन्न विधिबाट बिरामीको उपचार गरिँदै आएको प्रमुख आचार्यले बताए ।

आयुर्वेदविज्ञ आचार्यले आयुर्वेदको महत्व बुझाउनका लागि सर्वसाधारणसम्म आयुर्वेद पद्धति र यसको फाइदाबारे जानकारी गराउन लागिपरेको बताए । कार्यालयमा अब २४सै घण्टा सेवा प्रदान गरिने उहाँले जानकारी दिए ।

कार्यालयको पाँचकोठे भवन मात्र भएकाले हाल भाडामा अन्य भवन लिएर अस्पताल र कार्यालय सञ्चालन गरिँदै आएको छ । आइतबारेमा अहिले दैनिक ३०० बढीले आयुर्वेद पद्धतिबाट उपचार गराउँदै आएका छन् ।

विसं २०३८ मा स्थापना भएको उक्त कार्यालयअन्तर्गत रहेर इलामको मङ्गलबारे, इलामबजार जमुना र एकतप्पामा सेवा सञ्चालन गरिँदै आइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : ३४ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ