१० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ : मुख्यमन्त्री राई « Khabarhub

१० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ : मुख्यमन्त्री राई


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक गरेको छ ।

ती योजनाहरुमा दुहवी नपा–७ मा रु ९३ करोड ३१ लाखको लागतमा निर्माण गरिने गोल्डेल वाटर पार्क, वडा नं ११ तनमुनामा रु सात करोडको नगरप्रमुख आवास योजना, वडा नं ४ मा रु २० करोड ९६ लाखकोे रङ्गशाला र सोही वडामा रु १२ करोड ३७ लाखको हाटबजार रहेका छन् ।

‘दुहवी नगरपालिकाको विकासको आधार कृषि, उद्योग, प्रविधि, खेलकूद र व्यापार नाराकासहित पर्यटन क्षेत्र विकास सन्दर्भमा बिहीबार साँझ आयोजित कार्यक्रममा ती योजना सार्वजनिक गरिएको हो । ती योजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भएका छन् ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन पूर्वाधार निर्माणले यस क्षेत्रमा छिमेकी देशका पर्यटकको आवागमन वृद्धिबाट समृद्ध कायम हुने बताए ।

उनले भने “प्रदेश सरकारले आगाडि बढाएको योजनाबद्ध विकास कार्यमा सङ्घीय, स्थानीय र निजी क्षेत्रसँग समन्वय गरी जनतामा रोजगारी उपलब्ध गराउनाका साथै आधुनिक कृषि प्रणालीबाट आत्मनिर्भर हुने छ, ”

मुख्यमन्त्री राईले स्वच्छ, सुखी र समुन्नत प्रदेशको निर्माणका लागि शहरी विकास, पर्यटन क्षेत्रका लागि १० वर्षे गुरुयोजना चाँडै सार्वजनिक गरिने बताए ।

सो अवसरमा योजना सार्वजनिक गर्दै नगरपालिकामा प्रमुख वेद गच्छदारले योजनाको निर्माणबाट जनताको आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १२ : १२ बजे

जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट

काठमाडौं– भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

काठमाडौं– नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा

काठमाडौं महानगरले मनायो ३१ औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– आज काठमाडौं महानगरपालिकाले ३१ औँ स्थापना दिवस मनाएको छ ।

पुस महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

काठमाडौं– चालु आर्थिक वर्षको पुस महिना लागि वाणिज्य अधिकांश बैंकहरूले

खार्पुनाथमा स्वास्थ्य शिविर सम्पन्न

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकामा सञ्चालित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको