आयकर २५ प्रतिशतले बढ्यो, राजश्व संकलन लक्ष्यभन्दा कम | Khabarhub Khabarhub

आयकर २५ प्रतिशतले बढ्यो, राजश्व संकलन लक्ष्यभन्दा कम


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्व संकलन लक्ष्यभन्दा ६३ अर्ब ७० करोडले कम भएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा भन्सार र आन्तरिक राजस्व गरी २ खर्ब ९५ अर्ब ९४ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको थियो ।

यो अवधिमा २ खर्ब ३२ अर्ब २४ करोड राजस्व संकलन भएको छ । जसमा भन्सार कार्यालयहरूबाट १ खर्ब २२ अर्ब ७८ लाख राजस्व संकलन भएको छ । यो लक्ष्य भन्दा २७.८९ प्रतिशतले कमि हो ।

यसैगरि प्रथम चौमासिकमा आन्तरिक राजस्व कार्यालयहरूमा १ खर्ब ६ अर्ब १४ करोड ८५ लाख रूपैंयाँ राजस्व असुली भएको छ । जुन यो लक्ष्यभन्दा १९ अर्बले कमि हो । आन्तरिक राजस्व कार्यालयको तथ्यांक अनुसार पहिलो चौमासिकमा आयकरबाट ३४ अर्ब २८ करोड १८ लाख ८३ हजार राजस्व असुल गरेको छ । यस्तै घरबहाल करबाट ८९ करोड ८५ लाख रूपैंयाँ असुल भएको छ ।

यस्तै ब्याज करबाट ९ अर्ब ५७ करोड असुली भएको छ । यस्तै सबैभन्दा धेरै मूल्य अभिबृद्धि कर (याट) तर्फ ३५ अर्ब ६४ करोड राजस्व असुली भएको छ ।

यो लक्ष्यभन्दा करिब ६ प्रतिशतले कमि हो । यस्तै अन्तःशुल्क लक्ष्यभन्दा २७ प्रतिशत कम असुली भएको छ । प्रथम चौमासिकमा अन्तःशुल्क असुली २४ अर्ब ५३ करोड राजस्व संकलन भएको छ । स्वास्थ्य क्षेत्रबाट ९४ करोड १७ लाख र शिक्षा क्षेत्रबाट २७ करोड ९ लाख राजस्व असुली भएको छ ।

सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेसँगै आयकर संकलनमा वृद्धि भएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा गत बर्षभन्दा २५.५ प्रतिशतले आयकर बढि संकलन भएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार गत वर्षको असारसम्ममा स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ७२ हजार ३ सय ८३ थियो । चालू आवको प्रथम चौमासिकमा यो संख्या ३४.८ प्रतिशतले वृद्धि भएर करदाताको संख्या २९ लाख २७ हजार ८ सय ३६ पुगेको छ ।

करदाताबाट सरकारले ४ महिनामा ३४ अर्ब २८ करोड १८ लाख ८३ हजार राजस्व संकलन गरेको छ । यो सरकारले लिएको चौमासिक लक्ष्यभन्दा १०.७ प्रतिशतले कमि हो । सरकारले बहाल कर ब्याजकर र आम्दानी करलाई एकै ठाउँमा राखेको छ । जसको हिस्सा चौमासिक असुलीको १७ प्रतिशत रहेको छ ।

यस्तै प्रथम चौमासिकमा व्यवसायिक स्थायी नम्बर लिने करदाता संख्या १२ लाख ८४ हजार १७ पुगेका छन् । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ६ लाख ४१ हजार ६ सय ४४ पुगेका छन् ।

चालु आर्थिक बर्षको पहिलो चौमासिकमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता को संख्या ६ लाख ४८ हजार ५ सय ६४ ले थप भएका छन् । यसैगरी मूल्य असभवृदि करमा दर्ता भएका करदाता २ लाख ७ हजार ६ सय ८५ पुगेका छन् । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा मात्र २३ हजार ९ सय १५ नयाँ करदाताहरू मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । यस्तै अन्तस्शुल्कमा दर्ता हुने करदाताको संख्या ९१ हजार ८ सय ४६ पुगेको छ ।

समग्र राजस्वमा संकलनको अवस्था हेर्दा सबैभन्दा धेरै भ्याट ३३ प्रतिशत छ । यस्तै दोस्रोमा भन्सार महसुल २० प्रतिशत छ । आयकर र अन्तशुल्क समान १७ प्रतिशत असुल भएको छ । यस्तै गैरकर १० प्रतिशत संकलन हुदाँ अन्य शीर्षकमा ३ प्रतिशत राजस्व असुल भएको छ ।

लक्ष्यभन्दा पनि गत वर्षको तुलनामा राजस्व संकलन २२ प्रतिशतले वृद्धि भएको आन्तरिक राजस्व विभागका निर्देशक विनोद बहादुर कुँवरले बताए । ’स्थायी लेखा नम्बर लिनेको संख्या बढेको छ,’ उनले भने, ’हामीले लक्ष्यभन्दा पनि गत वर्षको तुलनामा राजस्वको दर बढाइरहेका छौ ।’

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १ : २५ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा