निद्रामा घुर्ने समस्याले निम्त्याउँछ यस्तो खतरा « Khabarhub

निद्रामा घुर्ने समस्याले निम्त्याउँछ यस्तो खतरा


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

के तपाई निद्रामा घुर्नुहुन्छ ? सुतेको समयमा एक्कासि सास रोकिएर उकुसमुकुस हुँदै बारम्बार बिउझने गर्नुहुन्छ ?  यदी तपाईलाई यस्तो समस्या छ भने यो समान्य होइन, रोग हो । निद्रामा घुर्ने र सास रोकिने रोगलाई चिकित्सकको भाषामा स्लीप एप्रिया भनिन्छ ।

के हो स्लीप एप्रिया ?

यो निद्रा सम्बन्धि एउटा रोग हो । साधारण घुराई र यो रोगका कारण हुने घुराईमा भिन्नता हुन्छ । साधारण घुराई मोहोपन हुनेहरु अथवा अन्य स्वस्थ मानिसलाई पनि हुनसक्छ । साधारण घुराईमा सास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुदैन । तर स्लीप एप्रिया हुनेहरुलाई निदाएको बेला गर्धनभित्रको श्वसनली सागुरो भई केही बरेको लागि बन्द हुन्छ ।

जसको कारण केही समय छोटो समयको लागि बिरामीको निद्रा खुल्छ र फेरी श्वासप्रश्वस सुचारु हुन्छ । यस्तो समयमा बिरामीले हातखुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने आदि गर्छन् । यो प्रक्रिया रातभरी चल्छ ।

निद्रामा हुने समस्या भएकाले यो समस्या हुने व्यक्तिलाई थाहा नहुन पनि सक्छ । तर, उनीहरुसँगै रहेका अन्य मासिनले वा पार्टनरले भने थाहा पाउन सक्छन् ।

स्लीप एप्रियाको असर यस्तो छ

निद्रामा घुर्ने समस्या अर्थात स्लीप एप्रिया रोग हो । त्यसैले यसलाई समान्य रुपमा लिनु हुँदैन । स्लीप एप्रिया भएका मानिसमा मुटुको चाल गडबड हुने, तथा हार्ट अट्याकको खतरा समेत हुन्छ । साथै दीर्घकालिन रुपमा शारीरिक तथा मानसिक असरहरु पनि पर्न सक्छ ।

–हार्ट अट्याकको सम्भावना हुन्छ,

–मुटुको चालमा गडबढी हुन्छ,

– प्यारालाइसिस हुनसक्छ,

–मानसिक समस्या हुन्छ,

–थकान महशुस हुन्छ,

–यौन इच्छामा रुची कम हुन्छ,

–मधुमेह, उच्च रक्तचापको समस्या बढ्छ,

स्लीप एप्रिया भए नभएको कसरी थाहा पाउने ?

स्लीप एप्रियाका समस्या लिएर अस्पताल जाने बिरामीहरुलाई चिकित्सकले निद्रा सम्बन्धि जाँच गर्ने गर्छन् यसलाई चिकित्सकको भाषामा पोलिसोम्रोग्राफी भनिन्छ । यो जाँच गर्दा चिकित्सकले बिरामीलाई भर्ना नै लिएर एक रात अस्पतालमै सुताउँछन् ।

अस्पतालकै वेडमा निदाएको समयमा चिकित्सकले यो रोगको परीक्षण गर्छन् । चिकित्सकले बिरामी व्यक्ति निदाएपछि घुर्ने, सास रोकिने तथा अक्सिजनको मात्रा कम हुने लगायत निद्रा सम्बन्धि रोगहरु भए वा नभएको परीक्षण गर्छन् । य

स्तो परीक्षण गर्न बिरामीलाई निदाउनु अघि नै शरीरमा तार वा सेन्सरहरुको प्रयोग गरीएको हुन्छ । त्यसबाट बिरामीको निद्राको अवस्था, घुराईको मात्रा, अक्सिजनको मात्रा, सासको गति र मुटुको चालको निगरानी गर्छन् ।

कसरी हुन्छ उपचार ?

सो परीक्षण पछि स्लीप एप्रिया भएको रहे भने चिकित्सकले सिप्याप प्रविधिबाट उपचार गर्छन् । यो प्रविधि सासकोनली बन्द हुन नदिनका लागि राती नियमित रुपमा नाक वा मुख छोप्ने विशेष मास्क हो ।

यो मास्क सिप्याप मेसिनसँग जोडिएको हुन्छ । यो मेसिनले मास्कको माध्यमबाट बिरामीको स्वासनलीमा चाप पैदा गरी स्वासनली बन्द हुँन दिदैन र अक्सिजनको मात्रा घटबढ हुन पाउँदैन । जसले गर्दा बिारमीले नघुरे रे गहिरो निद्रा लाग्न सहयोग पु¥याउँछ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ४ : ३७ बजे

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष

क्यान महासंघमा नेतृत्व परिवर्तन : अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं- नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन, कम्युटर