हृदयघातको जोखिमबाट बच्न गोलभेडाको जुस « Khabarhub

हृदयघातको जोखिमबाट बच्न गोलभेडाको जुस


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोलभेडा सबैको भान्सामा प्रयोग हुने तरकारी हो । नेपालमा पनि तरकारी, दालमा गोलभेडाको प्रयोग गरिन्छ भने बेग्लै अचार बनाएर खाने गरिन्छ ।

यो स्वास्थ्यका लागि पनि उपयोगी हुन्छ । तरकारीलाई ग्रेबी बनाउन परिकारमा तिखो स्वाद ल्याउन गोलभेडाको प्रयोग गरिन्छ । टोम्याटो सस त तपाईंले पनि खुब खानुभएको होला, तर के तपाईंले टोम्याटो जुस पिउनुभएको छ ?

रसिला गोलभेडाको जुस शरीरका लागि ज्यादै लाभदायक हुन्छ । पछिल्लो समय गरिएको एक अध्ययनले गोलभेडाको जुस पिउनाले हृदयाघातको जोखिम कम हुने बताएको छ । यो अनुसन्धान ‘जर्नल अफ फुड साइन्स एन्ड न्युट्रिसन’मा छापिएको छ ।

बिना नुन पिउनुहोस् गोलभेडाको जुस

यदि तपाईं दैनिक १ कप बिनानुन गोलभेडाको जुस पिउनुहुन्छ भने तपाईंलाई हृदयाघात हुने खतरा कम हुन्छ । वास्तवमा गोलभेडाको जुसले उच्च रक्तचाप र उच्च कोलेस्टेरोलको समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ । यी दुवै समस्याले व्यक्तिको मुटुलाई प्रभावित गर्छन् र हृदयाघातका प्रमुख कारण बन्छन् ।

कसरी गरिएको थियो अनुसन्धान ?

जापानस्थित टोकियो मेडिकल एन्ड डेन्टल युनिभर्सिटीमा भएको यो अनुसन्धानमा करिब ५०० मानिसलाई सहभागी गराइएको थियो, जसमा १८४ जना पुरुष र २९७ जना महिला थिए ।

अनुसन्धानका क्रममा दैनिक गोलभेडाको जुस पिएका कारणले उच्च रक्तचापले पीडित ९४ जनाको रक्तचापमा कमी आएको थियो । यिनीहरूको सिस्टोलिक ब्लडप्रेसर १४१.२ बाट १३७ एमएमएचजी र डाइस्टोलिक ब्लडप्रेसर ८३.३ बाट ८०.९ मा झरेको थियो ।

यसका अलावा १२५ जनामा बढेको ब्याड कोलेस्टेरोल (एलडिएल)को स्तर १५५ बाट घटेर १४९.९ एमजी/डिएलमा झरेको थियो ।

महिला र पुरुष दुवैका लागि लाभदायक

अनुसन्धानमा गोलभेडाको जुस महिला र पुरुष दुवैका लागि फाइदाजनक रहेको पाइएको थियो । त्यसैले जोसुकैले यसको सेवन गर्न सक्ने अनुसन्धाताहरूले बताएका छन् ।

यदि तपाईं जुन पिउनुहुन्न भने पनि दैनिक भोजनमा गोलभेडालाई अवश्य सामेल गर्नुहोस् । सलादमा काँचो गोलभेडा खानुहोस् । यसका अलावा तरकारीलाई ग्रेबी बनाउन गोलभेडाको प्रयोग गर्नुहोस् ।

तर, ध्यान दिनुपर्ने कुरा के छ भने टोम्याटो सस र टोम्याटो केचअपमा धेरै मात्रामा चिनी तथा केमिकल मिलाइएका हुन्छन्, त्यसैले यिनको सेवन तपाईंको स्वास्थ्यका लागि लाभकारी छैन ।

केही अन्य रोगमा पनि लाभदायक छ गोलभेडाको जुस

उल्लेखित आवस्थाका अलावा अन्य कतिपय रोगमा पनि गोलभेडाको जुस लाभकारी पाइएको छ । गोलभेडामा भरपूर मात्रामा फाइबर हुन्छ । यसका अतिरिक्त गोलभेडामा एउटा खास तत्व हुन्छ, जसलाई ‘नियासिन’ भनिन्छ ।

नियासिनयुक्त आहार मुटुका लागि ज्यादै स्वस्थकर मानिन्छ, किनकि, यसले कोलेस्टेरोल घटाउँछ । यसका अलावा गोलभेडामा पर्याप्त एन्टिअक्सिडेन्ट हुन्छ, जसमा बिटाक्यारोटिन, लाइकोपिन र साइटोन्युट्रियन्ट प्रमुख हुन् । यी एन्टिअक्सिडेन्टले क्यान्सर तथा हृदयाघातबाट बचाउन मद्दत गर्छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  २ : १३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्