गल्फमा नेपाललाई दुई स्वर्ण « Khabarhub

गल्फमा नेपाललाई दुई स्वर्ण


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

१७ वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गरे ।

उनले बङ्गलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  २ : २१ बजे

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू