साग खेलकुद– नेपालको स्वर्ण संख्या ३९ पुग्यो « Khabarhub

साग खेलकुद– नेपालको स्वर्ण संख्या ३९ पुग्यो


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — १३ औं साग खेलकुद प्रतियोगिता अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ ।

गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो ।

यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेका छन् । बंगलादेशको टोलीले कुल ८५६ अंक स्कोर गरेको थियो भने श्रीलंकाली टोलीले कुल ८७८ अंक स्कोर गरेको थियो ।

नेपाली टोलीका सुभाष तामाङले व्यक्तिगत स्पर्धामा पनि स्वर्ण जितेका थिए । यससँगै नेपालको स्वर्ण संख्या ३९ पुगेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  २ : ४८ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको