नेपाल श्रीलंकासँग पराजित, स्वर्णकालागि बंगलादेश र श्रीलंकाले खेल्ने « Khabarhub

नेपाल श्रीलंकासँग पराजित, स्वर्णकालागि बंगलादेश र श्रीलंकाले खेल्ने


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित भएको छ । यससँगै नेपालको स्वर्णको संभावना सकिएको छ । शुक्रबार पोखरामा भएको खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भएको हो ।

श्रीलंकाले प्रस्तुत गरेको १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाउन सक्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले सर्वाधिक १९ रनको योगदान दिइन् । उनले २८ बलमा २ चौका प्रहार गरिन् ।

अप्सरी बेगम ११, करुणा भण्डारी १२ र कविता कुवर १३ रनमा नट आउट रहिन् । नेपालका ७ ब्याट्सवुमेनले दोहोरो अंकमा रन छुन सकेनन् । श्रीलंकाको सचिनीले ३ र सत्या सन्दीपनीले २ विकेट लिइन् ।

त्यसअघि पोखरा रंगशालमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो । स्वर्णका लागि अव बंगलादेश र श्रीलंका खेल्ने छन् । नेपालले कास्यका लागि माल्दिभ्ससँग खेल्ने छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  २ : ५३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण