रारा ताल क्षेत्रमा अब फोरजी इन्टरनेट « Khabarhub

रारा ताल क्षेत्रमा अब फोरजी इन्टरनेट


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारा ताल क्षेत्रमा फोरजी सेवा सञ्चालन गरिएको छ ।

नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो । बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारा पुगेका नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर प्रेमबहादुर क्षेत्रीले बताए ।

नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर क्षेत्रीसहित ४ जनाको टोली अहिले फोरजी सेवा सञ्चालन गर्न रारामै रहेको छ । उनले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर टेलिकमले द्रुत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको बताए ।

चाइना कम्युनिकेशन सर्भिसेस इन्टरनेशनलले जिम्मा लिएको उक्त फोरजी सेवा कर्णाली प्रदेशका सुर्खेतमा १५ टावर र दैलेखमा २ टावर निर्माण गरी रारा तालमा समेत जडान गरिएको इञ्जिनीयर क्षेत्रीले जानकारी दिए ।

टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको हो । उनका अनुसार एक हजार ८०० मेगाहर्जमा फोरजी सेवा शुरु गरिएको छ ।

‘रारा आउने पर्यटकलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याएका हौँ,’ पोखरेलले भने, ‘यो सेवाले रारामा पुग्ने पर्यटकलाई सामाजिक सञ्जाल प्रयोग गर्न, आफूले खिचेका फोटो तथा भिडियो तत्काल सामाजिक सञ्जालमा राख्न सहज हुनेछ ।’

फोरजी सेवा सञ्चालनमा आएसँगै रारा आउने पर्यटक र विकट मुगुका बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ३ : ५९ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन