कालापानी फिर्ता गराउन राजनीतिक र कूटनीतिक प्रयास जारी– उपप्रधानमन्त्री पोखरेल « Khabarhub

कालापानी फिर्ता गराउन राजनीतिक र कूटनीतिक प्रयास जारी– उपप्रधानमन्त्री पोखरेल


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतले निकालेको नयाँ नक्सामा कालापानी र लिपुलेक गाभेको देखिएकाले यसलाई फिर्ता गराउन सरकारले राजनीतिक र कूटनीतिक प्रयास गरिरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले कालापानी र लिपुलेक नेपालको भूमि भएको बताए । उपप्रधानमन्त्री पोखरेलले नेपालको सीमा सम्बन्धमा सरकारले भारतीय सरकारलाई औपचारिक पत्र पठाइसकेको जानकारी दिए ।

दुई ठूला पार्टी एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहमति र समझदारीबाट नै अगाडि बढिरहेको बताउँदै भर्खरै सम्पन्न भएको निर्वाचनपछि देखिएको परिणामबाट स्थानीय तहमै समीक्षा गरेर पार्टीको केन्द्रीय समितिमा पठाउन निर्देशन पनि दिइसकेको स्पष्ट पारे ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ६ : ३२ बजे

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक