विदेशी मुद्रासहित एकै परिवारका ५ जना पक्राउ « Khabarhub

विदेशी मुद्रासहित एकै परिवारका ५ जना पक्राउ


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न मुलुकको मुद्रासहित एकै परिवारका पाँच जना त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् । नेपाल प्रहरीले गरेको चेकजाँचका क्रममा ठूलो परिमाणको विदेशी मुद्रा लिएर बैंकक जान लागेको टोलीलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले ४८ वर्षका सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, उनीहरुका १४ र ४ वर्षका छोरीहरु तथा ११ वर्षका छोरालाई नियन्त्रणमा लिएको छ । एसएसपी सन्दीप भण्डारीका अनुसार उनीहरु थाई एयरमार्फत बैंकक जान लागेका थिए ।

उनीहरुको साथबाट २१ हजार १ सय ५० थाइ भाट १ हजार ३ सय ८० यूरो, १० हजार यूएसडी र ८० हजार चिनियाँ युआन बरामद गरेको छ। पक्राउ परेका श्रेष्ठ विमानस्थलभित्रकै व्यवसायी रहेको बताइएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  १० : १९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार