सलाहको ५० औं गोल पुरा, लिभरपुल शीर्ष स्थानमा « Khabarhub

सलाहको ५० औं गोल पुरा, लिभरपुल शीर्ष स्थानमा


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यतिखेर इङ्ग्लिस प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर सिटीको शीर्ष स्थानका लागि प्रतिस्पर्धा चलिरहेको छ । यसअघि १ अंकको अग्रता बनाएको सिटीलाई शुक्रबार राति साउथह्यामटनमाथि जीत हात पार्दै लिभरपुलले २ अंकको अग्रता लिएको छ ।

घरेलु मैदानमा साउथह्यामटन पाहुना टोली लिभरपुलसँग ३—१ गोल अन्तरले पराजित भयो । जीतसँगै लिभरपुलको ८० अंक भएको छ भने दोस्रो स्थानमा रहेको सिटीको ८० अंक छ । प्रिमियर लिगको उपाधि यात्रा रोचक बन्दै गएको छ ।

लिभरपुलको जीतका लागि इजिप्टीयन स्टार मोहम्मद सलाहले सोलो गोल गरे । उनले खेलको ८० औं मिनेटमा गोल गरे ।

त्यसअघि खेलको शुरुवातमै साउथह्यामटनका साने लङले नवौं मिनेटमा गोल गर्दै पाहुना टोलीविरुद्ध अग्रता बनाएका थिए । खेलको ३६ औं मिनेटमा लिभरपुलका नावि केइटाले गोल गर्दै साउथह्यामटनसँग खेल १—१ को बराबरी गरेका थिए ।

८० औं मिनेटमा सलाहले गोल गरेपछि २—१ को अवस्थामा रहेको खेलमा सब्स्टीच्युट खेलाडी जोर्डन हेन्डरसनले ८६ औं मिनेटमा गोल गर्दै लिभरपुलाई ३—१ को जीत दिलाए ।

लिभरपुलको जीतमा एक गोल गरेका सलाहका प्रिमियर लिग क्लबहरुमा कम समयमा ५० गोल गर्ने खेलाडीको कीर्तिमानी पनि बनाएका छन् । उनले ६९ खेलमा ५० गोल पुरा गरेका छन् । यसअघि यो कीर्तिमानी फर्नान्डो टोरेसको नाममा थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  १० : २७ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा