कैदीबन्दीका कुरा गीतमा « Khabarhub

कैदीबन्दीका कुरा गीतमा


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माया, प्रेम र सामाजिक विषयवस्तु समेटिएका थुप्रै गीतसंगीत सार्वजनिक भएका छन् । तर यही समाजमा जेल जीवन बिताइरहेका कैदीबन्दीको दुःख पीडा र भोगाईका गीत सायदै बनेका होलान् । यसैले पनि गीतकार सूर्यबहादुर तामाङले हालै सार्वजनिक गरेको ‘जेलको गेटैमा’ बोलको लोकदोहोरी गीतले कैदीबन्दीका लागि विशेष महत्व राख्ने छ ।

विभिन्न परिबन्धमा परेर अहिले जेल जीवन बिताइरहेका तामाङले लेखेको ‘जेलको गेटैमा’ बोलको लोकदोहोरी गीत हालै सार्वजनिक भएको छ ।

लोक गायक रामजी खाँड र गायिका शान्ति श्री परियारले गाएको गीत ललितपुरस्थित नख्खु कारागारभित्रै विमोचन गरिएको छ । यो गीतलाई कारागारबाट बनेको नेपालको इतिहासमा पहिलो गीत भएको दावी गीतकार तामाङले गरेका छन् ।

जेल जीवन बिताएका थुप्रै व्यक्तिले जेल जीवनपछि विभिन्न कृति सार्वजनिक गरे पनि जेल सजाय भुक्तान गरिरहेकै अवस्थामा यस किसिमको गीत बनेको थिएन । बिशाल निरौलाले संगीत संयोजन गरेको गीत तयारका क्रममा कारागार प्रशासन, कारागार सुरक्षा विभाग र कारागार भित्रको आन्तरिक प्रशासनले गरेको सहयोगप्रति गीतकार तामाङले कृतज्ञता प्रकट गरेका छन् ।

नेपाल सरकारले कारागारलाई सजाय भुक्तान गर्ने थलोको रुपमा नभइ सुधार गृहको रुपमा अघि बढाइरहेको अवस्थामा जेल जीवन बिताइरहेका कैदीबन्दी सिर्जनात्मक कार्यमा लाग्नुलाई सकारात्मक रुपमा लिनु पर्ने कारागार अधिकारीहरुको भनाइ छ । यसबाट आफुलाई हौसला तथा प्रेरणा मिलेको गीतकार तामाङले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ११ : ३९ बजे

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम– धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५

बाढी पीडितका लागि एक करोड ७१ लाख सहयोग

पाल्पा– भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न