पौडेलसँग सहमति भएपनि सिटौलाले नमानेपछि कांग्रेस बैठक स्थगित « Khabarhub

पौडेलसँग सहमति भएपनि सिटौलाले नमानेपछि कांग्रेस बैठक स्थगित


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

पार्टीको केन्द्रिय कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रिय कार्यालय सानेपामा बोलाइएको केन्द्रिय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रीय कार्य सम्पादनसमिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको पार्टीका केन्द्रिय सदस्य महेन्द्र यादवले बताए ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्र्रीय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताएपनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए ।

कांग्रेसको नयाँ विधानमा २८ वटा विभागहरु गठन गर्ने व्यवस्था गरिएको छ । तर सभापति देउवाले ती विभागहरु गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ ।

विभाग गठनका लागि देउवामाथि दवाव परेपछि कांग्रेस केन्द्रिय कार्य समिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यस अघि नै गठन गरिसकेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ३ : ५७ बजे

के थियो महान्यायाधिवक्ता र उनकी छोरी जोडिएको डिम्ब बेचबिखनको मुद्दा ?

काठमाडौं- यतिबेला उमेर नपुगेका किशोरीहरूबाट अवैध रुपमा डिम्ब सङ्कलन गरी

ब्याटिङ थोरै उकासेर पोखराका जेम्स निशम आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोग वार्षिक प्रतिवेदन पेस

मोरङ– मधेसी आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आफ्नो

‘जेलमा बस्दाको दु:खबाहेक एमाले निर्माणमा केपी ओलीको कुनै योगदान छैन’

काठमाडौं– साधारण साडी र सामान्य कोट लगाएर हिँड्ने अष्टलक्ष्मी शाक्य

इन्डोनेसियामा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता

जकार्ता– इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा