‘आफ्नै देशमा मर्न चाहन्छु’ भन्ने बेवारिसे बेलायती नागरिकको काठमाडौंमा मृत्यु « Khabarhub

‘आफ्नै देशमा मर्न चाहन्छु’ भन्ने बेवारिसे बेलायती नागरिकको काठमाडौंमा मृत्यु


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेवारिसे अवस्थामा रहेका बेलायती नागरिक फिलिप माल्कोमको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ ।

नर्भिक अस्पतालमा उपचारको क्रममा माल्कोमको आज(शनिवार) निधन भएको हो । नर्भिक अस्पतालले माल्कोमको निधनको पुष्टि गरेको छ ।

टेकु अस्पतालबाट वीर अस्पतालमा उपचारका लागि ल्याइएका माल्कोमको अवस्थाबारे खबरहबले समाचार प्रकाशन गरेपछि केही युवाहरुले उनको थप उपचारका लागि भन्दै काठमाडौं मेडिकल कलेज लगेका थिए । त्यहाँबाट माल्कमलाई नर्भिक अस्पताल लगिएको थियो ।

२६ मार्चमा नर्भिक पुगेका माल्कोम धेरै खालको रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । माल्कोमकमा हेपाटाइस्टिस्ट सी देखिएको थियो र स्वास्थ्यमा सुधार आएपछि एमआइसीयुबाट वार्डमा सारिएको थियो । तर शनिवार(आज) विहान एक्कासी रक्तसञ्चार तल झरेको र स्वासप्रस्वासमा समस्या आएपछि उनको निधन भएको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् ।

अब दुई दिन दूतावास बन्द हुने भएका कारण माल्कोमको शव अस्पतालमै रहने चिकित्सकले बताएका छन् ।

यो पनि पढ्नुहोस्

वीर अस्पतालमा मृत्युसँग लडिरहेका ‘फिलिप माल्कोम’ भन्छन् : आफ्नै देशमा मर्न चाहन्छु

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ५ : २२ बजे

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०