एसइईमा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेपछि  निरीक्षक निष्कासित « Khabarhub

एसइईमा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेपछि  निरीक्षक निष्कासित


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत आज सम्पन्न अनिवार्य सामाजिक विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै एक जना निरीक्षकलाई निष्कासन गरिएको छ ।

परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले लहानस्थित पशुपति मावि परीक्षा केन्द्रबाट एक जना निरीक्षकलाई निष्कासन गरेको शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख डोलराज पाण्डेले जानकारी दिए ।

शुक्रबार भएको अनिवार्य विज्ञान विषयको चन्द्र मावि परीक्षा केन्द्रबाट ३ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको थियो । यसबाहेक अन्य परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा सम्पन्न भएको उनले बताए । प्रश्न पत्र आउट भएपछि प्रदेश २ मा  शुक्रबारबाट पुन परीक्षा गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ५ : ३५ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित