संयुक्त राष्ट्रसंघीय महासचिव लिबियामा « Khabarhub

संयुक्त राष्ट्रसंघीय महासचिव लिबियामा


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिबियामा शान्ति प्रक्रियाका लागि आह्वान गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेज शुक्रबार लिबिया पुगेका छन् ।

लिबिया भ्रमणका क्रममा महासचिव गुटेरेजले लिबियाका वरिष्ठ राजनीतिक नेता तथा सरकाी अधिकारीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उनले त्यहाँको शान्ति प्रक्रिया अगाडी बढाउने बिषयमा छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफूलाई लिबियाको भविष्यबारे गहिरो चासो रहेको र त्यहाँ जारी हिंसा अन्त्य हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।

लिबियाको पूर्वमा रहेको बेन्घाजी शहर जानुअघि पत्रकारहरुसँगको कुराकानीमा उनले शान्ति स्थापनाको प्रयासमा सफलताका लागि सवैलाई जिम्मेबार र लचकदार हुन समेत आह्वान गरेका थिए ।

लिबियाका सवै संस्था तथा निकायहरु एकजुट भएमा समस्या सहजै समाधान गर्न सम्भव भएको गुटरेजको भनाई छ ।

महासचिव गुटरेजले लिबियाको राजनीतिक संकट समाधानका लागि राष्ट्रसंघको तर्फबाट सवै सहयोग गर्न तयार रहेको समेत आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ६ : ४६ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६