भेनेजुएलाले क्युबामा तेल पैठारी गरेको भन्दै अमेरिकाद्वारा नाकाबन्दी « Khabarhub

भेनेजुएलाले क्युबामा तेल पैठारी गरेको भन्दै अमेरिकाद्वारा नाकाबन्दी


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाले क्युबामा तेल पैठारी गर्ने भेनेजुएलाको गतिविधिलाई लक्षित गरी नाकाबन्दीको घोषणा गरेको छ ।

अमेरिकाको अर्थमन्त्रालयले गत फेब्रुअरी र मार्च महिनामा क्युबामा तेल पैठारी गरेको भन्दै भेनेजुएलाको राज्यसञ्चालित तेल कम्पनी पीडीभीएसए र राज्यले सञ्चालन गर्ने ३४ पानीजहाज तथा दुई कम्पनी र कम्पनीको एक अर्को पानीजहाजमा नाकाबन्दीको घोषणा गरेको हो ।

अमेरिकाको अर्थमन्त्रालयले भेनेजुएलामा निकोलस मादुरोको अवैधानिक सत्ताका लागि जीवनरेखाको काम गर्ने पानीजहाज र कम्पनीमाथि नाकाबन्दी लगाएको अमेरिकी अर्थमन्त्री स्टिभन मन्युचिनले जनाएका छन् ।

भेनेजुएलाको तेल आयात गरी क्युबाले फाइदा उठाइरहेको र भेनेजुएलामा मादुरोको सरकारलाई सहयोग गर्दै आएकाले पछिल्लो नाकाबन्दी घोषणा गरिएको अमेरिकी भनाइ छ ।

नाकाबन्दीको औपचारिक घोषणा हुनुअघि हुस्टन टेक्सासमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पछिल्लो नाकाबन्दीबारे खुलासा गरेका थिए ।

अमेरिकाले गत जनवरी २३ मा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोलाई समर्थन गर्दै आएको छ भने सत्तामा रहेका निकोलस मादुरोलाई अवैधानिक घोषणा गर्दै मादुरोको सत्ताविरुद्ध विभिन्न कदमहरु चाल्दै आएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ७ : ४० बजे

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल