भेनेजुएलाले क्युबामा तेल पैठारी गरेको भन्दै अमेरिकाद्वारा नाकाबन्दी « Khabarhub

भेनेजुएलाले क्युबामा तेल पैठारी गरेको भन्दै अमेरिकाद्वारा नाकाबन्दी


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाले क्युबामा तेल पैठारी गर्ने भेनेजुएलाको गतिविधिलाई लक्षित गरी नाकाबन्दीको घोषणा गरेको छ ।

अमेरिकाको अर्थमन्त्रालयले गत फेब्रुअरी र मार्च महिनामा क्युबामा तेल पैठारी गरेको भन्दै भेनेजुएलाको राज्यसञ्चालित तेल कम्पनी पीडीभीएसए र राज्यले सञ्चालन गर्ने ३४ पानीजहाज तथा दुई कम्पनी र कम्पनीको एक अर्को पानीजहाजमा नाकाबन्दीको घोषणा गरेको हो ।

अमेरिकाको अर्थमन्त्रालयले भेनेजुएलामा निकोलस मादुरोको अवैधानिक सत्ताका लागि जीवनरेखाको काम गर्ने पानीजहाज र कम्पनीमाथि नाकाबन्दी लगाएको अमेरिकी अर्थमन्त्री स्टिभन मन्युचिनले जनाएका छन् ।

भेनेजुएलाको तेल आयात गरी क्युबाले फाइदा उठाइरहेको र भेनेजुएलामा मादुरोको सरकारलाई सहयोग गर्दै आएकाले पछिल्लो नाकाबन्दी घोषणा गरिएको अमेरिकी भनाइ छ ।

नाकाबन्दीको औपचारिक घोषणा हुनुअघि हुस्टन टेक्सासमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पछिल्लो नाकाबन्दीबारे खुलासा गरेका थिए ।

अमेरिकाले गत जनवरी २३ मा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोलाई समर्थन गर्दै आएको छ भने सत्तामा रहेका निकोलस मादुरोलाई अवैधानिक घोषणा गर्दै मादुरोको सत्ताविरुद्ध विभिन्न कदमहरु चाल्दै आएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ७ : ४० बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप