मन्त्री पुनद्वारा बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमन « Khabarhub

मन्त्री पुनद्वारा बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमन


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री पुन सिंचाई मन्त्रालयका सचिव डा. सञ्जय शर्मासहित शनिवार परियोजनास्थल पुगेका हुन् ।

उनले आयोजनाको अवस्था र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगको वारेमा आयोजनाका अधिकारीसँग छलफल गरेका थिए । मन्त्री पुनले आयोजनास्थलमा आयोजित छलफलमा भने, ‘वाग्मती सम्पदासँग जोडिएकोले यो आयोजना समयमा बनाउनुपर्नेहुन्छ, यो नयाँ आयोजना पनि हो, हामीले राष्ट्रिय गौरव र विशेष महत्वको आयोजनालाई प्राथमिकतामा राखेका छौं ।’

मन्त्री पुनले जिम्मेवारीपूर्ण तरिकाले काम गर्न निर्देशन दिएका छन् । वाग्मती सभ्यतासँग जोडिएको आयोजना भएकाले पनि यसमा सवैको चासो रहेको भन्दै मन्त्री पुनले छिटोभन्दा छिटो काम सम्पन्न गर्न बताए ।

‘यो परियोजनामा सबैको चासो छ । काठमाडौंमा धेरै मानिसहरुलाई यसले प्रत्यक्ष प्रभाव पनि पार्छ । त्यसैले यसमा जिम्मेवारीका साथ काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ,’ मन्त्री पुनले भने ।

उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने भन्दै समयमै पुरा गर्ने तर्फ ध्यान दिन निर्देशन दिए । मन्त्री पुनले निर्माणको जिम्मा पाएको कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ७ : ३९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी