खानपान र शारिरीक व्यायाममा ध्यान दिन उपप्रधान एवं स्वास्थ्य मन्त्रीको आग्रह « Khabarhub

खानपान र शारिरीक व्यायाममा ध्यान दिन उपप्रधान एवं स्वास्थ्य मन्त्रीको आग्रह


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्यान्सरजस्ता प्राणघातक रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी रहेको बताएका छन् ।

उपप्रधानमन्त्री यादवले विषादी खाद्य बस्तुको सेवन र प्रदुषणका कारण नेपालमा बढ्दो रोगहरुको नियन्त्रणका लागि पनि जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

शनिबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठूलो धनराशी खर्च गरेर पनि निको नहुने क्यान्सरजस्ता प्राणघातक रोगबाट बच्न खानपान र शारिरीक व्यायामका कामहरुमा ध्यान दिन पनि सर्वसाधारणलाई अपिल गरे ।

पप्रधानमन्त्री यादवले रासायनिक मल हालेको खाद्यन्नबाट विभिन्न रोगहरु लाग्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडा कानुन ल्याउने प्रयास गरिरहेको पनि बताए ।

उपप्रधानमन्त्री यादवले रोगहरुबाट बच्न बेलाबेलामा स्वास्थ्य जाँच गराउन पनि सबैलाई आग्रह गर्नु भयो । रोग लाग्नै नदिन तथा लागे उपचार गर्न ढिलाई गर्न नहुने उपप्रधानमन्त्री यादवको भनाई छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ८ : ४९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल