निवृत्त कर्मचारीलाई वृद्धभत्ता नदिएकामा सरकारको आलोचना « Khabarhub

निवृत्त कर्मचारीलाई वृद्धभत्ता नदिएकामा सरकारको आलोचना


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  निवृत्त कर्मचारीलाई ज्येष्ठ नागरिक वृद्धभत्ताबाट बञ्चित गरेकामा कर्मचारीले सरकारको आलोचना गरेका छन् । नेपाल सरकारले दोहोरो सुविधा लिन नमिल्ने भन्दै निवृत्त कर्मचारीलाई वृद्धभत्ता उपलब्ध गराएको छैन । ७० वर्ष नाघेका वृद्धलाई राज्यले प्रतिमहीना रु दुई हजार वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ ।

आर्थिक वर्ष ०७४/०७५ मा निजामती ७९ हजार १९८, नेपाल प्रहरी ५१ हजार ५९७ शिक्षक ४२ हजार १६९, नेपाली सेना ७७ हजार १२५ गरी कूल दुई लाख पाँच हजार ८९ व्यक्ति निवृत्त भएका थिए । नेपाल राष्ट्रिय निवृत्त कर्मचारी सङ्घको नवौँ साधारणसभामा निवृत्त कर्मचारी सङ्घमा महासचिव सूर्यविक्रम राणाले सरकारले निवृत्त कर्मचारीलाई वृद्धभत्ता नदिएर विभेद गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राज्यले सक्ने निवृत्त अनुभवी कर्मचारीबाट काम लिनुपर्ने र निवृत्त वृद्धले पनि राज्यका लागि सक्दो योगदान गर्नुपर्ने धारणा राखिन् । सङ्घले प्रकाशन गरेको निवृत्त स्मारिकाको लोर्कापण गर्दै कार्कीले निवृत्त कर्मचारीलाई शरीर बूढो भए पनि इच्छा शक्ति कमजोर नहुने हुँदा आफूले आफ्नो समयमा गरेका कार्य सम्पादनलाई प्रकाशन गरी भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो । समारोहमा उनले वृत्त कर्मचारीलाई आजीवन सदस्यता र ज्येष्ठ सम्मान प्रदान गरिन् ।

त्यसैगरी कार्यक्रममा पूर्वमन्त्री तथा समाजसेवी भद्रकुमारी घलेले म बूढो भएँ भनेर चाउरेर नबस्न र सकेको केही गर्न निवृत्त कर्मचारीलाई सुझाव दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ८ : ०७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल