‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ « Khabarhub

‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजमा शान्तिसुरक्षा कायम गर्न भन्दै नेपाल प्रहरीले समुदायसँग सहकार्य गर्ने लक्ष्यसहित थालेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम कार्यान्वयनका लागि ७४७ स्थानीय तहसँग सम्झौता गरेको छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ कात्तिक ११ गतेदेखि कार्यक्रम शुरु भएको थियो । कार्यक्रमअन्तर्गत ७५ जिल्ला समिति, ७३७ गाउँपालिका समिति, ३ हजार ९ सय ४१ वडा समिति, दुई हजार ९ सय ४६ टोल समिति र चार हजार ३ सय ५२ विद्यालय सम्पर्क समिति गठन गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने उद्देश्यले थालिएको कार्यक्रम सञ्चालनका लागि कूल १० हजार ५६ प्रहरी कर्मचारीलाई प्रशिक्षण दिइएको प्रहरी प्रवक्ता उत्तमराज कार्कीले बताए ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ५ : २२ बजे

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल