पोखरा कपः मनाङ र ब्रिगेड ब्वाइज भिड्दै, पुलिस बाहिरियो « Khabarhub

पोखरा कपः मनाङ र ब्रिगेड ब्वाइज भिड्दै, पुलिस बाहिरियो


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा रंगशालामा जारी छेटौँ पोखरा कप फुटबल अन्तर्गत आज (बुधबार)अन्तिम क्वार्टरफानल खेलमा डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी र बिग्रेड ब्वाइज भिड्दैछन् ।

यसअघि मंगलबार भएको खेलमा पराजित हुँदै विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार भएको खेलमा जापानको रिस्हो युनिर्भसिटी टोलीले पुलिस क्लवलाई १–० ले हराएसँगै पुलिसको आगामि यात्रा टुंगिएको हो ।

जापनी टोलीको जितमा नात्सुकी ताकेदाले खेलको २० औँ मिनेटमा मिलाइदिएको पासलाई यासुताका सुजुकीले बललाई वान टचमै पोष्टको दिशा दिएका थिए । खेलको पहिलो हाफ जापानी टोलीको दबाबमा खेलेको पुलिस दोस्रो हाफमा पनि आशातित प्रदर्शन गर्न सकेन । दोस्रो हाफमा पुलिसले धेरै अवसरहरु पाए पनि गोल गर्न सकेन ।

खेलको ६९ औंं मिनेटमा भारत शाहले हानेको बललाई जापानीज गोलकिपरले बचाउ गरेपछि पुलिसभित्र निराश बन्यो । पुलिसलाई हराउन सफल भएको जापानी टोलीका नात्सुकी ताकेदाले म्यान अफ दि म्याच घोषित भए ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा प्रतियाेगिता भइरहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ७ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको