पोखरा कपः मनाङ र ब्रिगेड ब्वाइज भिड्दै, पुलिस बाहिरियो « Khabarhub

पोखरा कपः मनाङ र ब्रिगेड ब्वाइज भिड्दै, पुलिस बाहिरियो


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा रंगशालामा जारी छेटौँ पोखरा कप फुटबल अन्तर्गत आज (बुधबार)अन्तिम क्वार्टरफानल खेलमा डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी र बिग्रेड ब्वाइज भिड्दैछन् ।

यसअघि मंगलबार भएको खेलमा पराजित हुँदै विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार भएको खेलमा जापानको रिस्हो युनिर्भसिटी टोलीले पुलिस क्लवलाई १–० ले हराएसँगै पुलिसको आगामि यात्रा टुंगिएको हो ।

जापनी टोलीको जितमा नात्सुकी ताकेदाले खेलको २० औँ मिनेटमा मिलाइदिएको पासलाई यासुताका सुजुकीले बललाई वान टचमै पोष्टको दिशा दिएका थिए । खेलको पहिलो हाफ जापानी टोलीको दबाबमा खेलेको पुलिस दोस्रो हाफमा पनि आशातित प्रदर्शन गर्न सकेन । दोस्रो हाफमा पुलिसले धेरै अवसरहरु पाए पनि गोल गर्न सकेन ।

खेलको ६९ औंं मिनेटमा भारत शाहले हानेको बललाई जापानीज गोलकिपरले बचाउ गरेपछि पुलिसभित्र निराश बन्यो । पुलिसलाई हराउन सफल भएको जापानी टोलीका नात्सुकी ताकेदाले म्यान अफ दि म्याच घोषित भए ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा प्रतियाेगिता भइरहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ७ : ३९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस