साओमीले बनायो फोल्डेबल फोन, ट्यावलेटलाई पट्याएर गोजीमा हाल्न मिल्ने ! « Khabarhub

साओमीले बनायो फोल्डेबल फोन, ट्यावलेटलाई पट्याएर गोजीमा हाल्न मिल्ने !


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ मोवाइल निर्माता कम्पनी साओमीले आफ्नो फोल्डेबल फोन निर्माणबारे आधिकारिक पुष्टि गरेको छ । साओमीका अध्यक्ष लीन विनले एक छाटो भिडियो पोस्ट गर्दै आफूहरुले फोल्डेबल (पट्याउन मिल्ने) फोन निर्माण गरेको पुष्टि गरेका हुन् ।

पूर्ण आकारमा यो फोन एक आयताकार ट्यावलेट जस्तो देखिन्छ । तर, यसलाई दुवैपट्टीबाट पट्याएर स्मार्टफोन जस्तो गरी प्रयोग गर्न सकिन्छ ।

विबोमा पोस्ट गरिएको भिडियोमा सोओमीका अध्यक्ष लीन विन पहिले ट्यावलेट चलाएजस्तै गरी उक्त फोन चलाउँछन् । त्यसपछि दुवैपट्टिबाट पट्याएर स्मार्टफोन जस्तो बनाउँछन् ।

यो फोन कहिलेदेखि बजारमा बिक्रीका लागि उपलब्ध हुने छ भनेर केही खुलाइएको छैन ।

यसअघि कोरियन कम्पनी सामसुङले पनि फोल्डिङ फोन निर्माण गरेको थियो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ४३ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो