अनमोल भर्सेस हेमराज: कसका लागि परीक्षा ? « Khabarhub

अनमोल भर्सेस हेमराज: कसका लागि परीक्षा ?


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘होस्टेल’ बाट अनमोल केसी नयाँ सम्भावनासहित फिल्म क्षेत्रमा उदाए । यही फिल्मले उनलाई फिल्मका दर्शकमाझ चिनारी दियो । नेपाली फिल्म नै नहेर्ने दर्शकलाई पनि फिल्मप्रति रुचि देखाउन केही हदसम्म सफल रहे अनमोल । त्यसपछि अनमोल र हेमराजले फिल्म ‘जेरी’ र ‘गाजलु’ मा एकसाथ काम गरे । दुवै फिल्मले व्यापारिक रुपमा सफलता हासिल गरे । प्रतिक्रिया राम्रै बटुले ।

यता अनमोलविना हेमराजले निर्देशन गरेका फिल्मले भने खासै व्यापारिक सफलता हासिल गर्न सकेनन् । अनमोलले अभिनय गरेको फिल्म ‘कृ’ लाई पनि दर्शकले खासै रुचाएनन् । यद्यपि निर्माण टिमले भने फिल्मले अनमोलकै कारण लगानी उठाएको दावी गर्दै आएको छ ।

तस्वीर – निर्माण टिम

यतिबेला भने फिल्म क्षेत्रमा अनमोल र हेमराज दुवैका लागि फागुन १७ गते परीक्षाको घडी बनेको चर्चा चल्न थालेको छ । सोही मितिमा दुई फिल्म ‘क्याप्टेन’ र ‘ब्रेकअप’ एकसाथ रिलिज हुँदैछन् । ‘क्याप्टेन’ मा अनमोल छन्, जसलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । अर्कातिर हेमराज बिसी निर्देशित फिल्म ‘ब्रेकअप’ पनि सोही मितिमा रिलिज हुँदैछ, जसमा आशिरमान देशराज जोशी र शिल्पा मास्केको जोडी देख्न सकिनेछ ।

द ब्रेकअप फिल्मको एक दृश्य

हेमराज बिसीको निर्देशकीय क्षमताको फिल्मकर्मीले तारिफ गर्ने गर्छन् । तर अनमोललाई नलिई बनाइएका फिल्म आशा गरिएअनुसार नचल्दा कतिपयले हेमराजलाई फिल्म चलाउन अनमोल नै चाहिने हो? समेत भनेर प्रश्न गर्ने गरेका छन् ।

प्रश्नको उत्तर भने दर्शकले फागुन १७ मै दिनेछन् । त्यसो त यी दुई फिल्म जानराका हिसाबले पूरै फरक छन् । अनमोल केसीको फिल्म ‘क्याप्टेन’ स्पोर्टस् जानरामा निर्माण भएको हो भने ‘ब्रेकअप’ ले एउटा सामान्य प्रेमकथा बोकेको छ । यता दर्शकलाई दुवै फिल्मको प्रतीक्षा छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ३ : ५५ बजे

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन