मनोचिकित्सक थापा भन्छन् : आत्महत्याको विचार आउनु मानसिक रोगको उपज हो | Khabarhub Khabarhub

मनोचिकित्सक थापा भन्छन् : आत्महत्याको विचार आउनु मानसिक रोगको उपज हो


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको जनसंख्याको २५ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहेको चिकित्सकहरू बताउछन् ।

नेपालमा सबैभन्दा धेरै डिप्रेसनका बिरामी रहेको रिदम न्युरो-साइकियाट्री हस्पिटल एण्ड रिसर्च सेन्टरका निर्देशक एवं मानसिक रोग विशेषज्ञ डा रितेश थापाले बताए ।

मानसिक स्वास्थ्य समस्याका कारण अस्पतालमा आउने बिरामीमध्ये १० प्रतिशतमा कडा खालको मानसिक स्वास्थ्य समस्या हुने गरेको डा. थापाले बताए ।

‘मानसिक रोग धेरै किसिमका हुन्छन् । मानसिक रोगका बिरामीहरु सुरुमै उपचारमा आउँने हो भने काउन्सिलिङले मात्रै पनि धेरै समस्या कम गर्न सकिन्छ,’ डा. थापाले भने, ‘तर धेरैजस्तो बिरामीहरू ढिलो उपचारमा आउँछन् । मानिसक रोगको उपचार जति छिटो पहिचान हुन्छ त्यति नै छिटो उपचार हुन्छ ।’

ढिला गरी उपचारमा आउँदा मानिसमा उनीहरूमा कडा खालको मानसिक समस्या भइसकेको हुने र उपचारमा समय लाग्ने डा. थापाको भनाइ छ ।

डा. थापाका अनुसार कडा खालको मानसिक रोगीमा यस्ता लक्षण देखिन्छन्।
-असामान्य व्यवहार गर्ने ।
-नभनेका कुराहरु सुन्ने ।
-आत्महत्याको भावना उत्पन्न हुने ।

सामान्य खालको मानसिक स्वास्थ्य समस्यामा मनोचिकित्सकको काउन्सिलङबाट पनि रोग निको हुने डा थापाको भनाइ छ । तर मानिसमा कडा खालको स्वास्थ्य समस्या देखिएपछि मात्रै उपचारको आउने गरेको डा. थापाले बताए ।

यस्ता छन् मानसिक समस्याका लक्षण
-मन डराउने ।
-निद्राको समस्या हुने ।
– भिडभाडमा जान बोल्न डराउने ।
-उदास हुने ।
-लामो समय सम्म टाउको दुख्ने ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ५७ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप