सरकारबाट राज्यकोषको दुरुपयोग– एसिया प्यासिफिक समिटमा २ करोड २९ लाख खर्च « Khabarhub

सरकारबाट राज्यकोषको दुरुपयोग– एसिया प्यासिफिक समिटमा २ करोड २९ लाख खर्च


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटका लागि राज्य कोषबाट २ करोड २९ लाख रुपैयाँ खर्च भएको तथ्य फेला परेको छ ।

इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको कार्यक्रममा सरकारले सुरक्षा तथा ट्राफिक व्यवास्थापन र पाहुनाहरुको स्वागतका लागि भनेर ठूलो रकम खर्च गरेको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार एसिया प्यासिफिक समिटका क्रममा सबैभन्दा ठूलो रकम नेपाल प्रहरीबाट खर्च भएको देखिन्छ । समिटमा सहभागी हुने विभिन्न देशबाट आएका विशिष्ट व्यक्तिको सुरक्षार्थ परिचालन हुने जनशक्ति र अन्य व्यवस्थापनका लागि भन्दै १ करोड ६ लाख १ हजार ९ सय ५० रुपैयाँ खर्च गरेको छ ।

यस्तै सशस्त्र प्रहरी बलले सुरक्षाकर्मी परिचालनका लागि ६५ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ ।

एसिया प्यासिफिक समिटका लागि गृह मन्त्रालयले ४५ लाख ४६ हजार २ सय ५० रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै राष्ट्रिय अनुसन्धान विभागले १२ लाख ८७ हजार ५ सय रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कोरियास्थित युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले सम्मेलन आयोजना गरेको थियो । यूपीएफको नेपालमा प्रमुख एकनाथ ढकाल हुन् ।

तत्कालीन परिवार दलका अध्यक्ष रहेका ढकाल हाल सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विभिन्न शीर्षकमा भएको खर्च तथा रकमान्तरको विवरणमा उल्लेखित एसिया प्यासिफिक समिटमा भएको खर्चको विवरण ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १ : ४० बजे

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष