सरकारबाट राज्यकोषको दुरुपयोग– एसिया प्यासिफिक समिटमा २ करोड २९ लाख खर्च « Khabarhub

सरकारबाट राज्यकोषको दुरुपयोग– एसिया प्यासिफिक समिटमा २ करोड २९ लाख खर्च


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटका लागि राज्य कोषबाट २ करोड २९ लाख रुपैयाँ खर्च भएको तथ्य फेला परेको छ ।

इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको कार्यक्रममा सरकारले सुरक्षा तथा ट्राफिक व्यवास्थापन र पाहुनाहरुको स्वागतका लागि भनेर ठूलो रकम खर्च गरेको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार एसिया प्यासिफिक समिटका क्रममा सबैभन्दा ठूलो रकम नेपाल प्रहरीबाट खर्च भएको देखिन्छ । समिटमा सहभागी हुने विभिन्न देशबाट आएका विशिष्ट व्यक्तिको सुरक्षार्थ परिचालन हुने जनशक्ति र अन्य व्यवस्थापनका लागि भन्दै १ करोड ६ लाख १ हजार ९ सय ५० रुपैयाँ खर्च गरेको छ ।

यस्तै सशस्त्र प्रहरी बलले सुरक्षाकर्मी परिचालनका लागि ६५ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ ।

एसिया प्यासिफिक समिटका लागि गृह मन्त्रालयले ४५ लाख ४६ हजार २ सय ५० रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै राष्ट्रिय अनुसन्धान विभागले १२ लाख ८७ हजार ५ सय रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कोरियास्थित युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले सम्मेलन आयोजना गरेको थियो । यूपीएफको नेपालमा प्रमुख एकनाथ ढकाल हुन् ।

तत्कालीन परिवार दलका अध्यक्ष रहेका ढकाल हाल सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विभिन्न शीर्षकमा भएको खर्च तथा रकमान्तरको विवरणमा उल्लेखित एसिया प्यासिफिक समिटमा भएको खर्चको विवरण ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १ : ४० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार