जनगायक जीवन शर्माले भने – मसालले पार्टीबाट निकालेको आधिकारिक जानकारी छैन « Khabarhub

जनगायक जीवन शर्माले भने – मसालले पार्टीबाट निकालेको आधिकारिक जानकारी छैन


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनवादी लोकप्रिय गायक जीवन शर्माले आफूलाई मसालले ६ महिनामा निलम्बन गरेको बारेमा आधिकारिक रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले उनलाई अल्पमत भएको पार्टीलाई सहयोग गरेको भन्दै पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको थियो । उनलाई पार्टीको हितविपरीत जापानमा गीत गाएको, नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड सहभागी भएको कार्यक्रममा गीत गाएको लगायतका आरोप लगाएको छ ।

जनगायक शर्माले भने पार्टीले आफू अहिले काठमाडौं बाहिर भएको र इन्टरनेटको पहुँचभन्दा बाहिर भएकालेसमाचार समेत राम्ररी पढ्न नपाएको प्रतिक्रिया दिए । ‘म बाहिर छु, इन्टरनेट पनि राम्ररी काम गरेको छैन, मैले पनि समाचार हेरेरै थाहा पाएको हुँ, आधिकारिक जानकारी आएको छैन ।’, उनले भने ।

शर्माले गाएका झरनाको चिसो पानी? सामन्तले, फोक्लाण्डको टापुबाट, सिमली छायामा बसी लगायतका गीत चर्चित छन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ३ : १७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित