शान्ति प्रकृयामा अफगान सरकारको महत्त्वपूर्ण भूमिका हुनुपर्ने घानीको भनाइ « Khabarhub

शान्ति प्रकृयामा अफगान सरकारको महत्त्वपूर्ण भूमिका हुनुपर्ने घानीको भनाइ


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्ताका राष्ट्रपति अशरफ घानीले अफगान शान्ति प्रकृयामा अफगान सरकारको निर्णायक भूमिका हुनुपर्ने बताएका छन् ।

अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानको राजनीतिक समूह तथा अमेरिकी प्रतिनिधिबीच शान्ति वार्ता चलिहरेका बेला राष्ट्रपति घानीको यस्तो भनाइ आएको हो । टोलो न्यूज टेलिभिजनलाई दिएको अन्तरर्वार्ताका क्रममा राष्ट्रपति घानीले अफगान शान्ति वार्तामा सरकार निर्णयकर्ता हुनुपर्ने जनाएका हुन् ।

अमेरिकी प्रतिनिधि जल्मए खालिदजाद तथा तालिबानका राजनीतिक समूहका नेताहरुबीच कतारमा भएको शान्ति वार्तामा महत्वपूर्ण प्रगति भएको समाचार सार्वजनिक भएको थियो ।

उनीहरुबीच आगामी फेब्रुअरीको २५ मा अर्को चरणको शान्ति वार्ता हुने कार्यक्रम छ । त्यसबाहेक पूर्वराष्ट्रपति हमिद कारजाईसहित वर्तमान सरकार बाहिर रहेका राजनीतिक नेताहरु पनि तालिबानसँग वार्तामा छन् । त्यसका लागि केही दिन अघिमात्रै पूर्वराष्ट्रपति कारजाई रुसको राजधानी मस्को पुगेका थिए ।

अर्कोतर्फ अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एक साताअघि मात्रै राष्ट्रपति घानीलाई टेलिफोन सम्पर्क गरी अफगानिस्तानप्रति अमेरिकी साझेदारी निरन्तर रहने आश्वासन दिएका थिए ।

यसले अफगान शान्ति वार्तामा अफगान सरकारलाई स्थान नदिइएको विश्लेषण भइरहेका बेला राष्ट्रपति घानीको यो भनाइलाई महत्वका साथ हेरिएको छ ।

एजेन्सी

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ३ : ५१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन