शान्ति प्रकृयामा अफगान सरकारको महत्त्वपूर्ण भूमिका हुनुपर्ने घानीको भनाइ | Khabarhub Khabarhub

शान्ति प्रकृयामा अफगान सरकारको महत्त्वपूर्ण भूमिका हुनुपर्ने घानीको भनाइ


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्ताका राष्ट्रपति अशरफ घानीले अफगान शान्ति प्रकृयामा अफगान सरकारको निर्णायक भूमिका हुनुपर्ने बताएका छन् ।

अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानको राजनीतिक समूह तथा अमेरिकी प्रतिनिधिबीच शान्ति वार्ता चलिहरेका बेला राष्ट्रपति घानीको यस्तो भनाइ आएको हो । टोलो न्यूज टेलिभिजनलाई दिएको अन्तरर्वार्ताका क्रममा राष्ट्रपति घानीले अफगान शान्ति वार्तामा सरकार निर्णयकर्ता हुनुपर्ने जनाएका हुन् ।

अमेरिकी प्रतिनिधि जल्मए खालिदजाद तथा तालिबानका राजनीतिक समूहका नेताहरुबीच कतारमा भएको शान्ति वार्तामा महत्वपूर्ण प्रगति भएको समाचार सार्वजनिक भएको थियो ।

उनीहरुबीच आगामी फेब्रुअरीको २५ मा अर्को चरणको शान्ति वार्ता हुने कार्यक्रम छ । त्यसबाहेक पूर्वराष्ट्रपति हमिद कारजाईसहित वर्तमान सरकार बाहिर रहेका राजनीतिक नेताहरु पनि तालिबानसँग वार्तामा छन् । त्यसका लागि केही दिन अघिमात्रै पूर्वराष्ट्रपति कारजाई रुसको राजधानी मस्को पुगेका थिए ।

अर्कोतर्फ अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एक साताअघि मात्रै राष्ट्रपति घानीलाई टेलिफोन सम्पर्क गरी अफगानिस्तानप्रति अमेरिकी साझेदारी निरन्तर रहने आश्वासन दिएका थिए ।

यसले अफगान शान्ति वार्तामा अफगान सरकारलाई स्थान नदिइएको विश्लेषण भइरहेका बेला राष्ट्रपति घानीको यो भनाइलाई महत्वका साथ हेरिएको छ ।

एजेन्सी

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ३ : ५१ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति