बुवाको शरीर जिलिरह्यो अनिश चिच्याई रहे « Khabarhub

बुवाको शरीर जिलिरह्यो अनिश चिच्याई रहे


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो ।

सानो उमेरका छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान जस्तै थियो । उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट शव यात्रा शुरु भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए ।

शवयात्रासँगै उनी पनि समसानघाट पुगे । तर के भइरहेको छ भन्ने कुराको कुनै भेउ पाएका थिनन् उनले । उनी त्यतिबेला आत्तिन्छन् जब बुबालाई चितामा सजाएर “आगो लगाउ” भन्दै उनको हातमा राँको दिइयो । त्यतिबेला उनले मार्मिक प्रश्न गरे “मेरो बाबालाई किन आगो लगाउने ?” उनी आगोले बाबाको शरीर पोल्छ भन्दै आगो लगाउन मानिरहेका थिएनन् ।

परिवारका अन्य सदस्यले सम्झाइबुझाइ गर्दा अनिश बुबाको चितामा आगो लगाउन त तयार भए तर ‘बाबा, बाबा’ भन्दै चिच्याउँन थाले । उनी बाबालाई किन आगो लगाएको भन्दै चिच्याइ रहेका थिए । तर उनले सोधेको प्रश्नको उत्तर दिने कसैमा हिम्मत थिएन् ।

उनका बुबा ८ महीना अघिदेखि क्यान्सरको रोगबाट पीडित थिए । १४ वर्षको उमेरदेखि रोजगारीको सिलसिलामा भारत आउजाउ गर्ने तेजको आठ महीना अघि बाँया पाखुरा दुख्न थाल्यो । उनले भारतमै जाँच गराउँदा पाखुराभित्र गानो भएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिए । तेजले सोही अनुसार गरे पनि । तर त्यो निको हुनुको सट्टा झन बल्झियो र क्यान्सर देखियो ।

उपचारका लागि तेजले भारतको चेन्नई ब्याङ्लोर र नेपालको चितवनसम्म धाए तर कुनै सुधार भएन । अन्ततः उनको मृत्यु भयो । गरीबीका कारण डोटीलगायत यहाँका अन्य पहाडी जिल्लाका स्थानीयवासीले समयमै उपचार नपाउँदा क्यान्सर जस्तो प्राणघातक रोगबाट अकालमै ज्यान गुमाउन थालेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ४ : २३ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले