अष्ट्रेलियाद्वारा एक जना चिनियाँ व्यापारीको स्थायी बसोबास अनुमति रोक्का « Khabarhub

अष्ट्रेलियाद्वारा एक जना चिनियाँ व्यापारीको स्थायी बसोबास अनुमति रोक्का


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियाले एकजना नामी चिनियाँ व्यापारीको स्थायी बसोबास अनुमतिपत्र रोक्का गरिदिएको छ ।

अष्ट्रेलियाको सिड्नी शहरमा बसोबास गर्दै आएका हुआङ सियाङमोको स्थायी बसोबास अनुमतिपत्र रोक्का गरिएको श्रोतलाई उद्धृत गर्दै अष्ट्रेलियाको सिड्नी मर्निङ हेराल्ड अखबारले लेखेको छ ।

अष्ट्रेलिया बाहिर रहेका उनले अष्ट्रेलिया फर्किन दिएको निवेदन अष्ट्रेलियन अधिकारीले अस्वीकार गरेको तथा उनले नागरिकताका लागि दिएको दर्खास्त समेत खारेज गरिएको हेराल्डले लेखेको छ । उनी गत महिना थाइल्याण्ड गएको र हाल उनी कहाँ छन् भन्ने स्पष्ट नभएको जनाइएको छ ।

अष्ट्रेलियामा उनले चिनियाँ स्वार्थका लागि काम गर्दै आएको आरोप लाग्दै आएको थियो । उनले अष्टे«लियाका राजनीतिक पार्टीलाई ठूलो रकम चन्दाका रुपमा पनि दिने गरेका थिए । उनको बसोबास अनुमतिपत्र रोक्का गरिनुको कारणबारे अखबारले केही नखुलाएपनि उनी अष्टे«लियामा बस्न अयोग्य रहेको अष्ट्रेलियाका गृह मामिला मन्त्रालयले जनाएको छ ।

उनलाई अब अष्ट्रेलिया फर्कन नदिइने अष्ट्रेलियाको टेलिभिजन सेवा एबीसीले जनाएको छ । हुआङ अष्ट्रेलियामा निर्माण व्यवसायमा सक्रिय थिए ।

अष्ट्रेलियाले केही वर्षयता चीनलाई अष्ट्रेलियामा रहेका व्यावसायीलाई प्रयोग गरी आफ्नो मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएको छ । यस घटनालाई पनि त्यसैसँग जोडेर हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ४ : ५० बजे

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि