डीपीएलको पुरस्कार राशी बढ्यो, विजेताले ३० लाख पाउने, एक जना खेलाडीलाई सुनको जुत्ता « Khabarhub

डीपीएलको पुरस्कार राशी बढ्यो, विजेताले ३० लाख पाउने, एक जना खेलाडीलाई सुनको जुत्ता


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो धनगढी प्रिमियर लिग (डीपीएल) सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता भएको छ । बुधबार धनगढीमा पत्रकार सम्मेलन गरि आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले पुरस्कार राशीमा २० प्रतिशत वृद्धी गरेको जानकारी दिएको हो ।

डीपीएलको पुरस्कार राशीमा वृद्धि गरिएसंगै प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएका छन् । दोस्रो संस्करणको डीपीएल विजेता टोली धनगढी टिम चौराहाले २५ लाख प्राप्त गरेको थियो ।

यो संस्करणको उपविजेताले १२ लाख तथा तेस्रो हुने टोलीले ४ लाख र चौथोले २ लाख पाउँनेछन् ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले सुनको जुत्ता, म्यान अफ द म्याचलाई रु १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जानकारी दिएको हो ।

प्रतियोगिता धनगढीको प्रस्तावित फाप्ला अन्तराष्टिय क्रिकेट मैदानमा माघ २६ देखि फागुन ११ गतेसम्म संचालन हुनेछ । यस्तै, प्रतियोगिताको उद्घाटनका अवसरमा १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याएका १ जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा रुपेन्देही च्यालेन्जर्स, धनगढी स्टार्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ४ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै