बोलिभियामा पहिरो, १४ जनाको मृत्यु « Khabarhub

बोलिभियामा पहिरो, १४ जनाको मृत्यु


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ल्याटिन अमेरिकी मुलुक बोलिभियामा पहिरो जाँदा कम्तीमा १४ जनाको ज्यान गएको छ ।

राजधानी ला पाजलाई उत्तरी शहर काराभानीसँग जोड्ने सडकमा दुईवटा पहिरो गएको बोलिभियाका सरकारी अधिकारीले जनाएका छन् । घटनामा अरु ७ जना हराइरहेका छन् ।

पछिल्ला केही दिन यता भारी वार्षापछि पहिरो गएको हो । पहिरोले सडकमा गुडिरहेका ६ सवारी साधनमा क्षति पुर्या‍एको र त्यसबाट ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

राष्ट्रपति इभो मोरालेजले ३४ जना घाइतेलाई उद्धारकर्मीले हेलिकोप्टरको प्रयोग गरी उद्धार गरेको ट्विटरमार्फत् जानकारी दिएका छन् । उनले मानिसहरुलाई पहिरो प्रभावित क्षेत्रबाट टाढै बस्न आग्रह समेत गरेका छन् ।

पहिरोपछि काराभानी शहरका शिक्षा अधिकारीले नयाँ शैक्षिक सत्रको अध्यापन कार्य एक साताका लागि स्थगित गरेका छन् ।

राजधानी ला पाजलाई अमेजन जङ्गलसँग जोड्ने यो सडकलाई संसारकै सबैभन्दा खतरनाकमध्येको एक मानिन्छ ।

एजेन्सी

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ५ : १२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि