इजिप्टको राष्ट्रपतिको कार्यकाल सन् २०३४ सम्म पुग्नसक्ने « Khabarhub

इजिप्टको राष्ट्रपतिको कार्यकाल सन् २०३४ सम्म पुग्नसक्ने


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजिप्टका सांसदहरुले राष्ट्रपति जनरल अब्देल फताह अल सीसीले सन् २०२२ पछि पनि थप दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नसक्ने प्रस्ताव पारित गरेका छन् ।

इजिप्टको संसद्को महासमितिले संविधान संशोधन गरी राष्ट्रपतिको दुई कार्यकाल थप गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यसबाहेक राष्ट्रपतिको कार्यकालको समयावधी चार वर्षबाट ६ वर्ष पु¥याइने समेत प्रस्ताव पारित भएको छ ।

त्यसो भएमा वर्तमान राष्ट्रपति सीसीको कार्यकाल सन् २०३४ सम्म पुग्ने छ ।

नयाँ संविधान संशोधनले राष्ट्रपतिको शक्तिमा पनि भारी बृद्धि गरेको छ । अब राष्ट्रपतिले न्यायाधीश तथा अभियोजनकर्ता नियुक्त गर्ने, माथिल्लो सदन सिनेटको सिनेट परिषद् गठन गर्ने अधिकार पनि दिएको छ ।

यसअनुसार उनले सिनेटका एकतीहाई सदस्य मनोनयन गर्न सक्नेछन् ।

यो प्रस्ताव सुरुमा संसद्बाट तथा पछि जनमतसङ्ग्रहबाट पारित भएमा कार्यान्वयनमा आउने छ ।

सीसी सैन्य कुमार्फत् तत्कालिन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गर्दै सन् २०१३ मा मुलुकको प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१४ मा भएको चुनावमा विजयी भएयता उनले राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ५ : ३१ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली