उत्तर कोरियाले हतियार विमानस्थलमा लुकाएको गोप्य प्रतिवेदन « Khabarhub

उत्तर कोरियाले हतियार विमानस्थलमा लुकाएको गोप्य प्रतिवेदन


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाका आणविक तथा क्षेप्यास्त्र अmभै सुरक्षित रहेको संयुक्त राष्ट्रसंघका विशेषज्ञको समूहको प्रतिवेदनमा उल्लेख भएको एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको गोप्य प्रतिवेदनमा उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी प्रभावहीन रहेको र आफ्ना क्षेप्यास्त्र तथा आणविक सम्पत्तीलाई उत्तर कोरियाले विमानस्थल तथा अन्य स्थानमा लुकाएर राखेको एएफपीले जनाएको छ ।

‘‘आक्रमणबाट जोगाउन उत्तर कोरियाले आफ्ना हतियारलाई विमानस्थल तथा अन्य सार्वजनिक स्थानमा लुकाएर राखेको हामीले थाहा पाएका छौँ ।’’ संयुक्त राष्ट्रसंघका विशेषज्ञको गोप्य प्रतिवेदनलाई उद्धृत गर्दै एएफपीले लेखेको छ ।

यो गोप्य प्रतिवेदन चाँडै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पठाइने जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भियतनाममा शिखर वार्ता हुने मिति सावजनिक गरेपछि यो प्रतिवेदन आएको हो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : १४ बजे

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

कंगोसँगको बराबरीपछि रोनाल्डोको प्रतिक्रिया- सुरुवात राम्रो भएन तर खेल अझै सकिएको छैन

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति