प्रधानमन्त्री ओलीद्वारा सैनिक अस्पतालको निरीक्षण « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा सैनिक अस्पतालको निरीक्षण


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सञ्चालन गरेको छाउनीस्थित वीरेन्द्र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको हौसला बढाउन तथा उपचार गराइरहेका बिरामीको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सो अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री अ‍ाेलीले बुधवार अपराह्न उक्त अस्पतालको निरीक्षण गरेर त्यहाँ उपलब्ध सेवासुविधा, अस्पतालको सामथ्र्यलगायत विषयमा जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीले उक्त अस्पतालको सेवामा सुधार गर्न निर्देशन दिनुका साथै अति विशिष्ट कक्ष, आकस्मिक सेवा, हेमोडाइलसिस इकाईको निरीक्षण गरेका थिए ।

प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, स्वास्थ्य सचिव, निमित्त रक्षा सचिव लगायतले अस्पतालको निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ८ : ३९ बजे

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने