अब सामसुङको फोनमा ‘हिडन सेल्फी क्यामेरा’ « Khabarhub

अब सामसुङको फोनमा ‘हिडन सेल्फी क्यामेरा’


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंको फोनमा फ्रन्ट क्यामेरा कहाँ छ ? फोन पुरानो शैलीको भए डिस्पले भन्दा माथि होला, केही नयाँ भए माथिबाट केही काटेर बनाइएको नोचमा होला वा अझ नयाँ शैलीको फोन भए डिस्पलेमा होल बनाएर फ्रन्ट क्यामेरा राखिएको होला ।

तर, नोच र होल बनाएर राखिएको फ्रन्ट क्यामेरा प्रयोगकर्ताका लागि झमेला हुने गरेको छ । खासगरी भिडियो हेर्दा र गेम खेल्दा नोच र होल भएको स्थानले दुःख दिने गरेको छ ।

यससँगै अब त्यसको समाधानका लागि प्राविधिक कम्पनीहरुले यो प्रविधिलाई परिष्कृत गर्न अध्ययन र खोजलाई पनि अघि बढाएका छन् । यसैक्रममा दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले अब बाहिरबाट ठम्याउन नसकिने गरी राखिएको प्रन्ट क्यामेरा भएको स्मार्टफोनबारे अध्ययन र खोज शुरु गरेको छ ।

खासमा सामसुङले अब फ्रन्ट क्यामेरालाई फोनको डिस्पलेले छोप्नेगरी प्रविधिको खोजीलाई तीब्रता दिन थालेको हो । योसँगै अब फ्रान्ट क्यामेरा डिस्पले भन्दा तल्लो तहमा हुनेछ । यसअनुसार अब फोनको अगाडीको भागमा डिस्पलेमात्रै देखिने छ, क्यामेरा देखिने छैन ।

सामसुङको डिस्पलेको खोज तथा विकास विभागका उपाध्यक्ष याङ् ब्युङ–डुकलाई उद्धृत गर्दै कोरियाली मिडियाले जनाएअनुसार अब चाँडै नै सामसुङ्को स्मार्टफोनमा यस्तो फिचर आउनेछ ।

हुन पनि सामसुङ्ले फोनको अगाडिको भागमा रहने सेल्फी क्यामेरालाई लुकाउन तथा अन्यत्रै सार्ने विषयमा निकै अनुसन्धान गरिरहेको छ ।

यसअघि सार्वजनिक फोनमा डिस्पलेको माथिल्लो भागलाई काटेर नोच बनाइएको स्थानमा क्यामेरा रहने गरेपनि सामसुङले हालै सार्वजनिक गरेको आफ्नो फ्लागशिप सामसुङ ग्लालेक्सी एस १० फोनमा भने नयाँ शैलीको होल बनाएर त्यहाँ क्यामेरा राखिएको थियो । होलबाहेक फोनको अग्रभागको सबै क्षेत्रमा डिस्पले मात्र रहेको थियो ।

तर, डिस्पले होलले पनि प्रविधि क्षेत्रले चाहेजस्तो ‘पर्फेक्ट फुल स्क्रिन डिस्पले’ को अवधारणालाई पूरा गर्न नसकेपछि सामसुङ सहितका अन्य प्राविधिक कम्पनीहरुले अब क्यामेरालाई डिस्पलेभन्दा तल्लो तहमा राख्ने विषयमा अध्ययनलाई तीब्रता दिँदै आएका छन् । तर, अन्तर्राष्ट्रिय प्राविधिक अनलाइनहरु भने क्यामेरालाई डिस्पलेभन्दा तल्लो तहमा राख्ने यो दौडमा सामसुङ निकै अघि रहेको बताउँछन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ९ : ५९ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका