गुठीको जग्गामा मठाधीशको मनपरी, हडपिएका जग्गा एक वर्षभित्र फिर्ता « Khabarhub

गुठीको जग्गामा मठाधीशको मनपरी, हडपिएका जग्गा एक वर्षभित्र फिर्ता


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०७६ साल वैशाख २३ गते सोमबार । राजधानीबाट प्रकाशित हुने राजधानी राष्ट्रिय दैनिकले गुठीको जग्गा बेचविखनको समाचारालाई ‘मठाधीशले तीन करोडमा बेचे गुठीको जग्गा’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

रुपन्देहीको भैरहवामा एक मठाधीशले गुठीको जग्गा तीन करोडमा व्यक्तिलाई बेचेको पाइएको छ । गुठी संस्थानले उक्त जग्गा गुठीअन्तर्गतको रहेको जनाए पनि मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवले झण्डै तीन करोड मुल्य बराबरको ३ कट्ठा ५ धुर जग्गा दुई जनालाई बेचेको समाचारमा जनाइएको छ ।

त्यसैगरी राजधानी दैनिकले ‘मिल्दै जनयुद्धका मित्र’ शीर्षकमा फोरम नेपाल र नयाँ शक्तिबीच आज हुने एकताको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई भित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्का उपप्रधानमन्त्रीसम्म भए । अहिले पुनः मिल्ने भएका छन् भन्ने आशयको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।

त्यस्तै पत्रिकाले उच्चस्तरीय भूमि आयोग गठन प्रस्थाव अर्थ मन्त्रालयबाट स्वीकृत भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । सरकाले देशभरका सरकारी जग्गाको अवस्थाबारे वास्तविकता पत्ता लगाई भूमाफियाको अतिक्रमणमा परेका सरकारी, सार्वजनिक तथा गुठी जग्गा सरकारको नाममा ल्याउने तयारी थालेको समाचारमा उल्लेख छ ।

एक वर्ष भित्र हडपिएका जग्गा फिर्ता ल्याउने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छिन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ०३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन