गुठीको जग्गामा मठाधीशको मनपरी, हडपिएका जग्गा एक वर्षभित्र फिर्ता | Khabarhub Khabarhub

गुठीको जग्गामा मठाधीशको मनपरी, हडपिएका जग्गा एक वर्षभित्र फिर्ता


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०७६ साल वैशाख २३ गते सोमबार । राजधानीबाट प्रकाशित हुने राजधानी राष्ट्रिय दैनिकले गुठीको जग्गा बेचविखनको समाचारालाई ‘मठाधीशले तीन करोडमा बेचे गुठीको जग्गा’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

रुपन्देहीको भैरहवामा एक मठाधीशले गुठीको जग्गा तीन करोडमा व्यक्तिलाई बेचेको पाइएको छ । गुठी संस्थानले उक्त जग्गा गुठीअन्तर्गतको रहेको जनाए पनि मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवले झण्डै तीन करोड मुल्य बराबरको ३ कट्ठा ५ धुर जग्गा दुई जनालाई बेचेको समाचारमा जनाइएको छ ।

त्यसैगरी राजधानी दैनिकले ‘मिल्दै जनयुद्धका मित्र’ शीर्षकमा फोरम नेपाल र नयाँ शक्तिबीच आज हुने एकताको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई भित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्का उपप्रधानमन्त्रीसम्म भए । अहिले पुनः मिल्ने भएका छन् भन्ने आशयको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।

त्यस्तै पत्रिकाले उच्चस्तरीय भूमि आयोग गठन प्रस्थाव अर्थ मन्त्रालयबाट स्वीकृत भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । सरकाले देशभरका सरकारी जग्गाको अवस्थाबारे वास्तविकता पत्ता लगाई भूमाफियाको अतिक्रमणमा परेका सरकारी, सार्वजनिक तथा गुठी जग्गा सरकारको नाममा ल्याउने तयारी थालेको समाचारमा उल्लेख छ ।

एक वर्ष भित्र हडपिएका जग्गा फिर्ता ल्याउने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छिन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ०३ बजे

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई