भट्टराईले यसकारण गरे फोरमसँग एकीकरण « Khabarhub

भट्टराईले यसकारण गरे फोरमसँग एकीकरण


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजको कान्तिपुर दैनिकमा भट्टराईले किन गरे एकता ? शीर्षकमा टिप्पणी छापिएको छ । टिप्पणीमा भनिएको छ– डा. बाबुराम भट्टराईले २०७२ असोज ९ मा तत्कालिन माओवादी (केन्द्र) परित्याग गर्दा भारतमा अरविन्द केजरीवालको उदय भएको थियो ।

परम्परागत दलको विकल्पमा केजरीवालले नेतृत्व गरेको दल एकैचोटीमा सरकारको नेतृत्व गर्ने हैसियतमा पुग्यो जसको गाढा प्रभाव त्यतिबेला भट्टराईमा परेको थियो ।

पुँजिवाद र समाजवादलाई संयोजन गरेर नयाँ विचारसहित नयाँ शक्ति पार्टीको गठन गरे । नयाँ विचारसहितको नयाँ शक्तिलाई मुलुकको वैकल्पिक शक्ति बनाउने अठोट उनमा थियो । तर पार्टीको नयाँ सिद्धान्तले आकार नलिँदै कम्युनिस्ट र गैर कम्युष्टिमा अन्तरद्वन्द्व बढ्दै गयो । र केहीले छोडे ।

गएको संसदीय निर्वाचनमा गोरखा २ बाट कांग्रेससँगको सहकार्यमा उनले चुनाव त जिते तर पार्टीको अवस्था बेहाल भयो । प्रतिनिधिसभामा उनीबाहेक कसैले पनि चुनाव जित्न सकेनन् ।

राजनीतिमा आफ्नो प्रभाव कायम राख्न उनले ठूलो पार्टीमा मर्जर गर्नुपर्ने बाध्यता बनसिकेको थियो । कांग्रेस र नेकपाभित्र प्रभाव सुरक्षित देखेनन् । त्इसैले मधेसकेन्द्रित दलसँगै अन्य साना दललाई एकत्रित गरेर वैकल्पिक शक्ति बनाउने दोस्रो कोशिशमा उनी लागेका छन् । त्यसैका लागि उनले उपेन्द्र यादवको संघीय समाजवादीसँग एकता प्रकयामा लागे ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ११ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको