भट्टराईले यसकारण गरे फोरमसँग एकीकरण | Khabarhub Khabarhub

भट्टराईले यसकारण गरे फोरमसँग एकीकरण


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजको कान्तिपुर दैनिकमा भट्टराईले किन गरे एकता ? शीर्षकमा टिप्पणी छापिएको छ । टिप्पणीमा भनिएको छ– डा. बाबुराम भट्टराईले २०७२ असोज ९ मा तत्कालिन माओवादी (केन्द्र) परित्याग गर्दा भारतमा अरविन्द केजरीवालको उदय भएको थियो ।

परम्परागत दलको विकल्पमा केजरीवालले नेतृत्व गरेको दल एकैचोटीमा सरकारको नेतृत्व गर्ने हैसियतमा पुग्यो जसको गाढा प्रभाव त्यतिबेला भट्टराईमा परेको थियो ।

पुँजिवाद र समाजवादलाई संयोजन गरेर नयाँ विचारसहित नयाँ शक्ति पार्टीको गठन गरे । नयाँ विचारसहितको नयाँ शक्तिलाई मुलुकको वैकल्पिक शक्ति बनाउने अठोट उनमा थियो । तर पार्टीको नयाँ सिद्धान्तले आकार नलिँदै कम्युनिस्ट र गैर कम्युष्टिमा अन्तरद्वन्द्व बढ्दै गयो । र केहीले छोडे ।

गएको संसदीय निर्वाचनमा गोरखा २ बाट कांग्रेससँगको सहकार्यमा उनले चुनाव त जिते तर पार्टीको अवस्था बेहाल भयो । प्रतिनिधिसभामा उनीबाहेक कसैले पनि चुनाव जित्न सकेनन् ।

राजनीतिमा आफ्नो प्रभाव कायम राख्न उनले ठूलो पार्टीमा मर्जर गर्नुपर्ने बाध्यता बनसिकेको थियो । कांग्रेस र नेकपाभित्र प्रभाव सुरक्षित देखेनन् । त्इसैले मधेसकेन्द्रित दलसँगै अन्य साना दललाई एकत्रित गरेर वैकल्पिक शक्ति बनाउने दोस्रो कोशिशमा उनी लागेका छन् । त्यसैका लागि उनले उपेन्द्र यादवको संघीय समाजवादीसँग एकता प्रकयामा लागे ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ११ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली