रुसमा विमानमा आगो लाग्यो, कम्तिमा ४१ जनाको मृत्यु « Khabarhub

रुसमा विमानमा आगो लाग्यो, कम्तिमा ४१ जनाको मृत्यु


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एक रुसी यात्रु विमानमा आगो लाग्दा कम्तिमा पनि ४१ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार यात्रु बोकेको विमानमा आगो लागेपछि मस्क स्थित विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो ।

विमानमा कुल ७८ यात्रु सवार थिए जसमध्ये ३७ जनामात्र जीवित रहेको प्रमुख जाँचकर्ताले जानकारी दिएका छन् । रुसी सरकारी सञ्चारमाध्यमहरुले दुर्घटनामा ४१ जनाको ज्यान गएको सरकारी अधिकारीलाई उदृत गर्दै लेखेका छन् ।

रुसको सरकारी विमान कम्पनी ‘एयरोफ्लोट’ का अनुसार विमानमा समस्या देखिएपछि विमानस्थलमा फर्कनु परेको थियो । तर कम्पनीले भने यसबारेमा केही बताएको छैन ।

सामाजिक सञ्जालहरुमा आएको भिडियोका अनुसार यात्रुलाई विमानको आपतकालिन ढोकाबाट निकालिइरहिएको छ ।

एक अर्को भिडियोमा विमान ल्याण्ड गरिरहेको समयमा त्यसबाट धुवाको कालो मुस्लो उडिरहेको देखिएको छ । अर्को भिडियोमा भने विमान अवतरण गर्ने समयमा यताउति हल्लिएको देखिएको छ ।

यो एक सुपरजेट १०० विमान हो जो मस्कोको शेरेमेत्येवो विमानस्थालबाट मरमास्क जाँदै थियो । एयरोफ्लोट कम्पनीका अनुसार विमानले उडान भरिसकेको थियो तर केही प्राविधिक समस्या देखिएपछि विमानलाई विमानस्थल फर्काइएको थियो । रनवेमा ल्याण्ड गर्ने क्रममा विमानको इन्जिनमा आलो लागेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ३१ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार