१२ मुखी रुद्राक्ष धारण गर्दा हुन्छ यस्तो चमत्कार « Khabarhub

१२ मुखी रुद्राक्ष धारण गर्दा हुन्छ यस्तो चमत्कार


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः व्यक्तिको जन्म कुण्डलीमा सूर्यसँग जोडिएका समस्या हुन्छन् नै । यदि कोही व्यक्तिको लग्न कुण्डलीमा सूर्य कमजोर छ भने त्यो मानिस उसले जीवन धेरै कष्ट तथा संघर्ष गर्नुपर्ने शास्त्रले बताउँछ । जति संघर्ष गरेपनि सफलता प्राप्ति हुँदैन । यही कारण उसमा निराशा पैदा हुन्छ ।

सूर्य कुण्डलीमा आत्मबल, आत्मविश्वासलाई ऊर्जाको कारक मानिन्छ । यदी कुण्डलीमा कुनै बाल बच्चको सूर्य कमजोर छ भने उसको जीवनमा पैसा कम, संघर्ष बढी हुने गर्छ । जीवनमा अघि बढ्नका लागि, धन प्राप्ति र यश आरामका लागि सूर्य कुण्डली बलियो हुनैपर्ने ज्योतिष शास्त्रीहरु मान्यता राख्छन् र सोही अनुसार फलादेश गर्छन् ।

यस्तो कुण्डलीमा सूर्य कमजोर अवस्थामा रहेको  र यसको दोष निवारणको लागि एक मात्र उपाय भनेको १२ मुखे रुद्राक्ष हो । ज्योतिषीहरुले पनि सोही अनुसारको सल्लाह र परामर्श दिने गर्छन् ।

१२  मुखी रुद्राक्ष भगवान विष्णुको स्वरूप मानिन्छ । विष्णुका देवता सूर्य हुन् । १२ मुखी रुद्राक्षलाई धारण गर्नुहुन्छ भने सूर्य बलियो हुन्छ भन्ने मान्यता राखिन्छ ।

१२ मुखी रुद्राक्षका फाइदा

१२ मुखी रुद्राक्ष धारण गर्नाले निर्धन व्यक्ति धनी हुन्छ । रुद्राक्षको धारण गर्नाले परिवारमा सुख एवं सम्पत्ति प्राप्त हुन्छ । शास्त्रका अनुसार रुद्राक्षको धारण गर्नाले सूर्य देवताको दोष निवारणका साथै अश्वमेघ जति शक्तिशाली बनाउँछ ।
१२ मुखी रुद्राक्षको धारण गर्नाले दुस्ख, निराशा , कुंठा , पीड़ा और दुर्भाग्य नास हुन्छ भन्ने शास्त्रले बताउँछ ।

१२ मुखी रुद्राक्षले स्वास्थ्यमा लाभ

यदि कुनै व्यक्ति छिटो–छिटो विरामी परिरहन्छ अथवा कुनै बालबालिका मानसिक रुपमा विचलित हुन्छन् भने यो रुद्राक्षको धारण गर्नु उत्तम उपाय मानिन्छ । किनकी बाह्र मुखी रुद्राक्ष उस व्यक्तिका लागि ब्रह्मास्त्र समान मानिन्छ । हृदय रोग, फोक्सो सम्बन्धी रोग र छाला सम्बन्धी रोग लगायत शारीरिक एवं मानसिक संकटलाई १२ मुखी रुद्राक्षले नाश गर्छ भन्ने मान्यता राखिन्छ ।

१२ मुखी रुद्राक्षको प्रयोग

१२ मुखी रुद्राक्षको शुभ मुहूर्तमा आइतबारका दिन धारण गर्नाले सवैलाई लाभ मिल्छ । तर एउटा ध्यान राख्नुपर्ने कुरा के हो भने १२ मुखे रुद्राक्षलाई मन्त्रद्वारा सिद्ध गरिएको हुनुपर्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : ३२ बजे

छानबिन समितिले सम्पत्तिबारे सोधेपछि सुधनले उल्टै भने : तपाईंको पनि छानबिन गरौँ

गोरखा- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले आफ्नो

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर– पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ

बागमती र कोशीका अधिकांश जिल्लामा सकियो रास्वपाको जिल्ला अधिवेशन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोशी प्रदेशका

विद्यार्थी समस्याबारे ध्यानाकर्षण गराउन माइतीघरमा सडक नाटक

काठमाडौं– विद्यार्थीहरूले भोगिरहेका शैक्षिक, आर्थिक तथा रोजगारीसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण

साहित्यकार डौलियाद्धारा लिखित २० कृतिहरु एकै साथ विमोचन

काठमाडौं– लेखक तथा सहित्यकार खुसीराम डौलियाद्धारा लिखित २० कृतिहरु एकै