१२ मुखी रुद्राक्ष धारण गर्दा हुन्छ यस्तो चमत्कार « Khabarhub

१२ मुखी रुद्राक्ष धारण गर्दा हुन्छ यस्तो चमत्कार


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः व्यक्तिको जन्म कुण्डलीमा सूर्यसँग जोडिएका समस्या हुन्छन् नै । यदि कोही व्यक्तिको लग्न कुण्डलीमा सूर्य कमजोर छ भने त्यो मानिस उसले जीवन धेरै कष्ट तथा संघर्ष गर्नुपर्ने शास्त्रले बताउँछ । जति संघर्ष गरेपनि सफलता प्राप्ति हुँदैन । यही कारण उसमा निराशा पैदा हुन्छ ।

सूर्य कुण्डलीमा आत्मबल, आत्मविश्वासलाई ऊर्जाको कारक मानिन्छ । यदी कुण्डलीमा कुनै बाल बच्चको सूर्य कमजोर छ भने उसको जीवनमा पैसा कम, संघर्ष बढी हुने गर्छ । जीवनमा अघि बढ्नका लागि, धन प्राप्ति र यश आरामका लागि सूर्य कुण्डली बलियो हुनैपर्ने ज्योतिष शास्त्रीहरु मान्यता राख्छन् र सोही अनुसार फलादेश गर्छन् ।

यस्तो कुण्डलीमा सूर्य कमजोर अवस्थामा रहेको  र यसको दोष निवारणको लागि एक मात्र उपाय भनेको १२ मुखे रुद्राक्ष हो । ज्योतिषीहरुले पनि सोही अनुसारको सल्लाह र परामर्श दिने गर्छन् ।

१२  मुखी रुद्राक्ष भगवान विष्णुको स्वरूप मानिन्छ । विष्णुका देवता सूर्य हुन् । १२ मुखी रुद्राक्षलाई धारण गर्नुहुन्छ भने सूर्य बलियो हुन्छ भन्ने मान्यता राखिन्छ ।

१२ मुखी रुद्राक्षका फाइदा

१२ मुखी रुद्राक्ष धारण गर्नाले निर्धन व्यक्ति धनी हुन्छ । रुद्राक्षको धारण गर्नाले परिवारमा सुख एवं सम्पत्ति प्राप्त हुन्छ । शास्त्रका अनुसार रुद्राक्षको धारण गर्नाले सूर्य देवताको दोष निवारणका साथै अश्वमेघ जति शक्तिशाली बनाउँछ ।
१२ मुखी रुद्राक्षको धारण गर्नाले दुस्ख, निराशा , कुंठा , पीड़ा और दुर्भाग्य नास हुन्छ भन्ने शास्त्रले बताउँछ ।

१२ मुखी रुद्राक्षले स्वास्थ्यमा लाभ

यदि कुनै व्यक्ति छिटो–छिटो विरामी परिरहन्छ अथवा कुनै बालबालिका मानसिक रुपमा विचलित हुन्छन् भने यो रुद्राक्षको धारण गर्नु उत्तम उपाय मानिन्छ । किनकी बाह्र मुखी रुद्राक्ष उस व्यक्तिका लागि ब्रह्मास्त्र समान मानिन्छ । हृदय रोग, फोक्सो सम्बन्धी रोग र छाला सम्बन्धी रोग लगायत शारीरिक एवं मानसिक संकटलाई १२ मुखी रुद्राक्षले नाश गर्छ भन्ने मान्यता राखिन्छ ।

१२ मुखी रुद्राक्षको प्रयोग

१२ मुखी रुद्राक्षको शुभ मुहूर्तमा आइतबारका दिन धारण गर्नाले सवैलाई लाभ मिल्छ । तर एउटा ध्यान राख्नुपर्ने कुरा के हो भने १२ मुखे रुद्राक्षलाई मन्त्रद्वारा सिद्ध गरिएको हुनुपर्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : ३२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर