पार्टी एकीकरणको बाँकी काम सक्न नेकपा सचिवालय बैठक बस्दै « Khabarhub

पार्टी एकीकरणको बाँकी काम सक्न नेकपा सचिवालय बैठक बस्दै


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणका बाँकी कामलाई पूर्णता दिन सचिवालय बैठक बस्न लागेको हो ।

जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएपनि जनसंगठन, नेताहरुको जिम्मेवारी बाँडफाँट, पोलिटव्यूरो गठन लगायतमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी एकीकरणका बाँकी काम सक्न सोमबार केन्द्रीय सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

उनले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेवित्तिकै करीब ८ महिना भित्र जिल्ला अधिवेशनहरु सम्पन्न हुने बताए । उनले पार्टी एकताको सम्पूर्ण काम दुई दिनभित्रमा पूरा हुने दाबी गरे ।

यसअघि पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले ७७ जिल्लामा दुई पार्टीबीचको एकता घोषणा गरेको थियो ।

जसमा पूर्व एमालेको भागमा परेको जिल्लामा एमालेका जिल्ला अध्यक्ष नै एकीकृत पार्टीको अध्यक्ष हुने र पूर्व माओवादीका जिल्ला अध्यक्ष सचिव रहने गरि पार्टी एकता भएको थियो । त्यस्तै पूर्व माओवादी केन्द्रको भागमा परेको जिल्लामा पूर्व माओवादीका जिल्ला अध्यक्ष नै अध्यक्ष रहने र पूर्व एमालेका अध्यक्ष सचिव बनेका छन् । तर कतिपय जिल्लामा भने मर्यादाक्रम तल परेको भन्दै सचिव छानिएकाले शपथ लिन अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : २३ बजे

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक